२०८२ वैशाख २१ गते आइतवार / May 04 , 2025 , Sunday
२०८२ वैशाख २१ गते आइतवार
Ads

संसद बैठक १५ दिनमा ७ दिन बस्ने

मध्यान्ह
२०८१ चैत २ गते १८:४६
संसद बैठक १५ दिनमा ७ दिन बस्ने

काठमाडौं : १५ दिनमा ७ दिन बैठक बस्ने गरी संसदीय क्यालेन्डर तयार भएको छ । 

कार्यव्यवस्था परामर्श समितिको बैठकको परामर्शमा संसद सचिवालयले तयार पारेको प्रतिनिधि सभाको क्यालेन्डर अनुसार चैत महिनामा ३ गते आइतबार पहिलो बैठक बस्नेछ । 

त्यसपछि चैत ४ गते, चैत ६ गते र चैत ७ गते बैठक बस्नेछ । चैत ७ गतेपछि एक साता बैठक स्थगित हुनेछ । त्यसपति चैत १३ गते, १४ गते र १५ गते बैठक बस्नेगरी संसदीय क्यालेन्डर तयार भएको छ । आइतबार प्रतिनिधि सभामा शून्य समय, विशेष समय चल्नेछ । 

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, निजीकरण (पहिलो संशोधन) विधेयक र आर्थिक तथा व्यवसायिक वातावरण सुधार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव कमशः प्रस्तुत हुनेछ ।

हेर्नुहोस् यस्तो छ क्यालेन्डर :


ADV

ताजा खबर

सम्बन्धित खबर