२०८३ कार्तिक १८ गते बुधवार / Nov 04 , 2026 , Wednesday
२०८३ कार्तिक १८ गते बुधवार

गरिमा विकास बैंकको १२७औं शाखा बालुवाटारमा सञ्चालन

Nada
२०८३ कार्तिक १८ गते २०:०६
Shares
गरिमा विकास बैंकको १२७औं शाखा बालुवाटारमा सञ्चालन

काठमाडौं : ग्रामीण भेगदेखि सहरी क्षेत्रसम्म सरल, सुरक्षित एवं गुणस्तरीय बैंकिङ सेवा प्रवाह गर्दै आइरहेको गरिमा विकास बैंकले आफ्नो शाखा बालुवाटारमा सञ्चालनमा ल्याएको छ । बैंकको १२७औं शाखा विकास बैंकले पहिलोपटक कारोबार सञ्चालन गरेको १९औं वर्षको विशेष अवसर पारेर बुधबारदेखि बालुवाटारस्थित आफ्नो केन्द्रीय कार्यालय रहेको भवनमा बालुवाटार शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । 

विकास बैंकका अध्यक्ष दिलीपप्रताप खाँणको अध्यक्षतामा सम्पन्न समुद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंक, वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक विश्रुत थापाले बालुवाटार शाखाको समुद्घाटन गरेका हुन् । सञ्चालनमा आएको बालुवाटार शाखामार्फत ग्राहकले नियमित बैकिङ सेवाका अतिरिक्त एटिएम, लकर, विदेशी मुद्रा सटहीलगायत सेवा प्राप्त गर्न सक्नेछन् । आमनागरिकको बैंकिङ सेवामा पहुँच अभिवृद्धि गर्ने, वित्तीय समावेशीकरणलाई थप सुदृढ बनाउने तथा ग्राहकलाई सहज र विश्वसनीय बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यका साथ विकास बैंकले आफ्नो शाखा सञ्जाल विस्तारलाई निरन्तरता दिँदै आएको छ । 

विकास बैंकले शाखा विस्तारलाई केवल भौगोलिक उपस्थितिको वृद्धिका रूपमा मात्र नभई स्थानीय आर्थिक गतिविधिको प्रवर्धन, उद्यमशीलताको विकास, बचत परिचालन तथा उत्पादनशील क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्ने महत्त्वपूर्ण माध्यमका रूपमा लिएको छ । बालुवाटार क्षेत्रमा नयाँ शाखा सञ्चालनमा आएसँगै व्यक्तिगत तथा संस्थागत ग्राहकको आवश्यकता अनुरूपका वित्तीय सेवा उपलब्ध गराउन र स्थानीय आर्थिक गतिविधिलाई थप चलायमान बनाउन सहयोग पुग्ने विश्वास विकास बैंकले लिएको छ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर