२०८२ वैशाख २१ गते आइतवार / May 04 , 2025 , Sunday
२०८२ वैशाख २१ गते आइतवार
Ads

नेकपा एसले गर्‍यो आन्दोलनका कार्यक्रम सार्वजनिक

मध्यान्ह
२०८१ चैत १ गते १५:५५
नेकपा एसले गर्‍यो आन्दोलनका कार्यक्रम सार्वजनिक

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)ले रोजगारी तथा सुशासनको लागि भन्दै सरकारविरुद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर पार्टीका महासचिव घनश्याम भुसालले आन्दोलनको कार्यतालिकासहित कार्यक्रम घोषणा गरेका हुन् ।

आन्दोलनको पहिलो चरणमा १ चैत्रमा पत्रकार सम्मेलन, २–६ चैत्रसम्म मातहत कमिटीहरूमा छलफल, ७–१५ चैत्रसम्म केन्द्रीय तहमा विभिन्न क्षेत्रका संघ–सङ्गठन तथा व्यक्तिहरूसँग सम्वाद तथा सुझाव संकलन, २० चैत्रमा सरकारलाई ज्ञापनपत्र बुझाउने, चैत्र मसान्तसम्म प्रदेश र जिल्ला तहमा सार्वजनिक संवाद तथा सुझाव संकलन, ५ वैशाखमा प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र पेश गर्ने, १५ वैशाखसम्म पालिका र वडा तहमा सार्वजनिक संवाद तथा सुझाव संकलन, १९–२२ वैशाखसम्म पालिका र वडा कार्यालयहरूमा ज्ञापन पत्र पेश गर्ने जस्ता कार्यक्रम रहेको छ ।

साथै २५ वैशाखमा दोश्रो चरणको कार्यक्रम सार्वजनिक गरिने पार्टीले जनाएको छ । 

कार्यक्रम सार्वजनिक गर्दै महासचिव भुसालले सत्ता केन्द्रित नाजायज गठबन्धनको राजनीतिले मुलुकको आर्थिक समस्या समाधान गर्न नसक्ने बताउँदै सत्ताधारीहरू नालायक र अनुत्तरदायी हुँदै गएको कारण सडक अराजक र पपुलिष्ट हुँदै गएको आरोप लगाए ।

उनले यस्तो अवस्थामा देशका जिम्मेवार राजनीतिक पार्टी र नागरिक समुदायले गम्भीर आत्मसमीक्षा गर्दै एउटा नयाँ पहलकदमीद्वारा हस्तक्षेप गर्नु आवश्यक भइसकेको बताए ।

पार्टीले वर्तमान सत्ता गठबन्धनले देशको आर्थिक समस्या समाधान गर्न नसक्ने आरोपसमेत लगाएको छ । त्यस्तै पार्टीले सत्ता गठबन्धनले नालायकीपन देखाएको आरोप लगाउँदै यसबारेमा जनतालाई सूचित गर्न जरुरी भइसकेको ठहर गरेको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर