२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

आरोही कान्छा शेर्पालाई एभरेष्ट टुरिजम लाइफटाइम एचिभमेन्ट अवार्ड

Nada
२०८१ माघ ५ गते २०:४८
Shares
आरोही कान्छा शेर्पालाई एभरेष्ट टुरिजम लाइफटाइम एचिभमेन्ट अवार्ड

काठमाडौं : तेञ्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीसँग पहिलो पटक सगरमाथा आरोहण गर्ने टोलीका एक्ला जीवित सदस्य कान्छा शेर्पालाई ‘एभरेष्ट टुरिजम अवार्ड, २०२५’ को लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मान गरिएको छ । 

ncell

शनिबार आयोजित एभरेष्ट टुरिजम अवार्ड, २०२५ को अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डेले उनलाई पर्यटन क्षेत्रमा गरेको अमूल्य योगदानको कदर गर्दै उक्त अवार्ड प्रदान गरेका आयोजनक एएमएस म्युजिक एण्ड म्यानेजमेन्ट प्रालिका अध्यक्ष सत्यकला तामाङ लामाले जानकारी दिइन् । शेर्पालाई ५१ हजार एक सय ५१ रुपैयाँ, दोसल्ला र प्रमाणप्रत्रसहित सम्मान गरिएको लामाले बताइन् । 

सन् १९३३ मा नाम्चेमा जन्मिएका उनले २० वर्षको उमेरदेखि आरहोण गरेका थिए । सम्मान ग्रहण गरेपछि उनले खुसी व्यक्त गर्दै पछिल्लो समय हिमालबाट हिउँ हराउँदै गएकामा चिन्ता प्रकट गरे । ‘हामीले पहिलो पटक सगरमाथा आरोहण गर्ने समयभन्दा अहिले हिमाल धेरै परिवर्तन भइसकेको छ’, उनले भने,‘जलवायु परिवर्तनको असर सबैभन्दा बढी हिमाली क्षेत्रमा परेको छ, यसको क्षति न्यूनीकरणका लागि सबै एकजुट हुन जरुरी छ ।’

त्यसअवसरमा लोत्से र मनास्लु हिमाल आरोही कतारी राजकुमारी शेख आस्मा अल थानीलाई पनि सम्मान गरिएको थियो । साथै स्वर्गीय मउराइस हेर्जोङ, स्वर्गीय शम्भु तामाङ, स्वर्गीय जुनको ताबेइ, स्वर्गीय पासाङ ल्हामु शेर्पा, स्वर्गीय मीनबहादुर शेरचन, स्वर्गीय बाबुछिरिङ शेर्पा, स्वर्गीय डा.हर्क गुरुङ, स्वर्गीय प्रभाकर शमशेर जवरा, स्वर्गीय अम्बिका श्रेष्ठ, स्वर्गीय कर्नल जेम्स ओभेन मेरिकोन रोबर्टस, स्वर्गीय बोरिस लिसानेभिच, स्वर्गीय कुमार खड्क बिक्रम शाह, स्वर्गीय आङरिता शेर्पालगायत युचिसो मिउरा, उम होङ गिल, काजी शेर्पा, आपा शेर्पा, लाक्पा गुल्बु शेर्पालगायतलाई उनीहरुले पर्यटन क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।

त्यसअवसरमा पर्वतारोहणतर्फ कामीरिता शेर्पा, नीमा रेञ्जी शेर्पा, सानु शेर्पा, पूर्णिमा श्रेष्ठ, मिङ्मा ग्याल्जेन शेर्पा, पासाङ दावा शेर्पा, पासाङ  नाम्गेल शेर्पा, लाक्पा डेञ्डी शेर्पा, प्रितेम्बा शेर्पा, दावा ग्याङ्जुम शेर्पा, लाक्पा गेलु शेर्पा र फुन्जो झ्याङ्ग्मु शेर्पा लामालाई अवार्ड प्रदान गरियो ।

साहसिक पर्यटनको र्‍याफ्टिङतर्फ हिमालयन रिभर एक्लप्लोरेसन विधामा क्यानोनिङतर्फ राजेन्द्रबहादुर लामा र तिलक लामा, प्याराग्लाइडिङतर्फ सनराइज प्याराग्लाइडिङ, हट एयर बेलुनतर्फ बिक्रम बाडे, अल्ट्रा लाइटतर्फ एभिया क्लब नेपाल प्रालि, वाइल्ड लाइफतर्फ टाइगर टप्स, बञ्जी जम्पिङतर्फ द लास्ट रिसोर्टलाई अवार्ड प्रदान गरिएको थियो । 

त्यसैगरी आइसफल डाक्टरहरु आङ नीमा शेर्पा, आङकामी शेर्पा, आङ सार्की शेर्पालाई अवार्ड प्रदान गरियो भने माउन्टेन बाइकतर्फ सोनाम गुरुङ र राजेश मगर, लक्ष्मी मगरलाई अवार्ड प्रदान गरिएको छ ।

एएमएस म्युजिक एण्ड म्यानेजमेन्ट प्रालिका प्रबन्ध निर्देशक फुर्बा ग्याल्बो मोक्तान (थुप्तेन)का अनुसार रेक्युतर्फ छिरिङ पाण्डे बोटे, गेल्जे शेर्पा, ब्रिगेडियर जनरल गुञ्जामन लामा, छिरिङ पेम्बा शेर्पालाई अवार्ड प्रदान गरिएको छ । 

साथै टुरिजम एक्सिलेन्स अवार्ड पाउनेमा लाक्पा सोनाम शेर्पा, नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (नाथम), ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), हिमालयन रेस्क्यु एसोसिएसन, डा बुद्ध बस्यानत, बसन्त थापा, अभिनेत्री निशा अधिकारी, दछिरिङ शेर्पा, नाम्चेस्थित एभरेष्ट भ्यू होटल, द सोल्टी होटल रहेको प्रबन्ध निर्देशक मोक्तानले जानकारी दिए ।

ताजा खबर

सम्बन्धित खबर