२०८२ वैशाख २० गते शनिवार / May 03 , 2025 , Saturday
२०८२ वैशाख २० गते शनिवार
Ads

गीत

२०८१ माघ ५ गते ०६:१५
गीत

–डा. सुमनकुमार रेग्मी 

तिम्रो लहलाउँदो केश देख्दा
मेरो मन तानिन खोज्छ
तिम्रो ओठको मुस्कान देख्दा
मेरो मनमा हर्ष छाउँछ । 

तिमीलाई भेटन् भनी म आएँ
दिलमा माया सँगालेर
भाग्यले साथ दिएन
फर्कें आँसु खसालेर ।

तिम्रो नजरको बयान कसरी गरूँ ?
मनको भाषा म कसरी जानूँ ?
तिम्रो मन पगाल्न म के गरूँ ?
तिम्रो अधरकोे मुस्कान म के भनूँ ?

ADV

सम्बन्धित खबर