२०८२ जेठ ५ गते सोमवार / May 19 , 2025 , Monday
२०८२ जेठ ५ गते सोमवार
Ads

जापानको सहयोगमा हुम्लामा बालगृह निर्माण

मध्यान्ह
२०८१ मंसिर २७ गते ११:२८
जापानको सहयोगमा हुम्लामा बालगृह निर्माण

काठमाडौंः जापान सरकारको अनुदान रु एक करोड ३५ लाखको लागतमा हुम्लाको सदरमुकाम सिमीकोटमा बालगृहको भवन निर्माण सम्पन्न भएको छ । 

बुधबार त्यहाँ आयोजित कार्यक्रममा यहाँस्थित जापानी राजदूतावासका कार्यवाहक राजदूत तामुरा ताकाहिरोले ग्रामीण सशक्तीकरण तथा विकास प्रयास (रेडि हुम्ला)का प्रमुखलाई उक्त भवनको साँचो हस्तान्तरण गरे ।

उक्त भवनको ३० जना बालबालिकालाई आश्रय दिने क्षमता छ । नवनिर्मित भवनमा स्थानीय समुदायले तालिमलगायत गतिविधि सञ्चालन गर्नसक्ने यहाँस्थित जापानी राजदूतावासले आज जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर