२०८२ वैशाख २६ गते शुक्रवार / May 09 , 2025 , Friday
२०८२ वैशाख २६ गते शुक्रवार
Ads

सिटिजन्स बैंकका ग्राहकलाई भोकमन्त्रमा १० प्रतिशतसम्म छुट

मध्यान्ह
२०८१ मंसिर २६ गते २१:०७
सिटिजन्स बैंकका ग्राहकलाई भोकमन्त्रमा १० प्रतिशतसम्म छुट

काठमाडौं : सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौंको गोंगबुस्थित भोकमन्त्र प्रालिबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारीपत्रमा हस्ताक्षरपश्चात सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले भोकमन्त्रमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउने बैंकले जनाएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकको छ ।

बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानीका लागि प्रोत्साहन गर्न समय–समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको जनाएको छ ।

ADV

सम्बन्धित खबर