
काठमाडौं : विश्वव्यापी रूपमा तीव्र गतिमा विस्तार भइरहेको चेरी ग्रुप अन्तर्गतको अटोमोबाइल ब्रान्ड ओमोडा र जेइकूले चीनको वुहुमा आयोजना गरेको आफ्नो २०२६ इन्टरनेसनल युजर समिट सम्पन्न गरेको छ । अक्टोबर १८ देखि २४ सम्म सञ्चालन भएको उक्त समिटमा विश्वभरका ग्राहक, अटोमोबाइलप्रेमी, सञ्चारकर्मी तथा व्यावसायिक साझेदारहरूको सहभागिता रहेको कम्पनीले जनाएको छ ।
समिटमार्फत ब्रान्डले आफ्ना नवीनतम प्रविधि, प्राविधिक विकास तथा मोबिलिटीको भविष्यप्रतिको दृष्टिकोण प्रस्तुत गरेको थियो । ‘ड्राइभ टु द नेक्स्ट भाइब’ भन्ने नाराका साथ आयोजना गरिएको समिटले ओमोडा र जेइक परम्परागत सवारी साधनको अवधारणाभन्दा अघि बढ्दै स्मार्ट प्रविधि, दिगो मोबिलिटीमा बिस्तार गरेको छ ।
विश्वकै पहिलो क्रस अफ–रोड भेहिकलका रूपमा प्रस्तुत ओमोडा एक्समा एसयूभीको व्यावहारिकता, अफ–रोड सवारीको साहसिक क्षमता र स्पोट्र्स कारको गतिशील स्वरूपलाई एकैसाथ समेटिएको छ । यसको विशिष्ट डिजाइनले आधुनिक शहरी जीवनशैली र बाहिरी साहसिक यात्राको अनुभवलाई एउटै सवारी साधनमा समाहित गर्ने ओमोडाको क्रसओभर अवधारणालाई प्रतिनिधित्व गर्ने गरेको छ ।