२०८२ जेठ ५ गते सोमवार / May 19 , 2025 , Monday
२०८२ जेठ ५ गते सोमवार
Ads

रोजगार महाशाखा स्थापनाको तयारीमा श्रम मन्त्रालय

मध्यान्ह
२०८१ मंसिर २६ गते १३:५७
रोजगार महाशाखा स्थापनाको तयारीमा श्रम मन्त्रालय

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मन्त्रालय अन्तर्गत आन्तरिक रोजगार महाशाखाको स्थापना गर्न लागिएको जानकारी दिएका छन् । 

बुधबार काठमाडौंमा आयोजित रोजगार प्रवर्द्धन गर्ने अभिप्रायले सरोकारवाला तथा रोजगारदाताहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनले वैदेशिक रोजगारीका लागि महाशाखा, बोर्ड र विभाग भएपनि आन्तरिक रोजगारीका लागि केही व्यवस्था नभएको भन्दै आन्तरिक रोजगार महाशाखाको स्थापना गर्न लागिएको बताए । 

उनले भने, ‘विशेषगरी रोजगारीको क्षेत्रमा हेर्ने हो भने वैदेशिक रोजगार महाशाखा छ, वैदेशिक रोजगार विभाग छ, वैदेशिक रोजगार बोर्ड छ । तर आन्तरिक रोजगारको बारेमा कहीँ केही छैन । त्यो कसले हेर्ने, त्यसकारण अहिले मन्त्रालयको संरचनाको बारेमा छलफल गर्दैछौं । मन्त्रालय अन्तर्गत आन्तरिक रोजगार महाशाखाको स्थापना गर्दैछौं । यसले मुलुकभित्रका रोजगारीको सम्भावनाहरुलाई प्रवर्द्धन गर्ने, त्यसलाई अगाडि बढाउने काम गर्छ ।’

यस्तै, सरकारले रोजगारी नदिएपनि रोजगारीको प्रमुख स्रोत निजी क्षेत्र नै भएको उनले बताए । उनले भने, ‘सबैलाई थाहा भएको कुरा हो सरकारले रोजगारी दिने होइन । सरकारले सुविधा मात्र दिने हो । रोजगार भनेको रोजगारदाताले नै दिने हो । रोजगारदाता भनेको संसारभर निजी क्षेत्र नै हुन्छ । प्रत्येक ७ सय ५३ वटा पालिकामा रोजगार सेवा केन्द्र स्थापना गरेका छौं ।’ 

वैदेशिक रोजगार रोक्न नसक्ने अवस्थामा यसलाई मर्यादित र सुरक्षित गर्ने कुरामा पनि ठूलो समस्या देखा परेको उनले बताए ।

ADV

ताजा खबर

सम्बन्धित खबर