२०८२ जेठ ५ गते सोमवार / May 19 , 2025 , Monday
२०८२ जेठ ५ गते सोमवार
Ads

महिला अधिकार स्थापनामा मंगलादेवी सिंहको योगदान अतुलनीय छ : उपप्रधानमन्त्री सिंह

मध्यान्ह
२०८१ मंसिर २५ गते १६:३६
महिला अधिकार स्थापनामा मंगलादेवी सिंहको योगदान अतुलनीय छ : उपप्रधानमन्त्री सिंह

काठमाडौँ : उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले महिला अधिकार स्थापनामा स्वर्गीय मंगलादेवी सिंहको योगदान अतुलनीय रहेको बताएका छन् ।

नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहको १००औँ जन्मजयन्तीका अवसरमा नेपाल महिला संघ काठमाडौँले यहाँ आयोजना गरेको कार्यक्रममा उनले महिला अधिकार, प्रजातन्त्र र समानताका लागि मंगलादेवी सिंहको योगदान अतुलनीय रहेको बताएका हुन् ।

उपप्रधानमन्त्री सिंहले राणाकालमा महिलालाई मताधिकार, महिलाका लागि शिक्षा, पैतृक सम्पत्ति माथिको हकअधिकार र नीतिगत तहमा महिला प्रतिनिधित्वका लागि मंगलादेवीले गरेको संघर्षले हालको उपलब्धि हासिल भएको बताए । “वर्तमान संविधानमा रहेको समावेशी, समानुपातिक प्रतिनिधित्व र नीतिगत तहमा महिला प्रतिनिधित्व मंगलादेवी सिंहकै नेतृत्वमा भएको आन्दोलनको उपलब्धि हो,” उपप्रधानमन्त्री सिंहले भने ।

उनले संविधानमा प्राप्त अधिकारलाई सदुपयोग गरेर देशको विकासमा अघि बढ्नुपर्ने बताए । महिलाको हक, अधिकारलाई सुरक्षित बनाउन विसं २००४ साउन २४ गते मंगलादेवी सिंहको अध्यक्षतामा महिला भेला भई महिला संघ स्थापना गरिएको थियो । 

ADV

सम्बन्धित खबर