२०८२ भदौ २६ गते बिहिवार / Sep 11 , 2025 , Thursday
२०८२ भदौ २६ गते बिहिवार
Ads

प्रधानमन्त्रीद्वारा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण

shivam cement
मध्यान्ह
२०८१ मंसिर २४ गते १६:५३
प्रधानमन्त्रीद्वारा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण

झापा : प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादह नगरपालिका वडा नं. ४ र ५ अन्तर्गतको जग्गाधनी दर्ता प्रमाण पूर्जा वितरणको सोमवार शुभारम्भ गरेका हुन् ।

साविक महारानीझोडा गाविसमा चार हजार घरधुरीका करिब आठ हजार कित्ताको नापी प्रमाणित नभएका कारण स्थानीयवासीले लामो समयदेखि समस्या भोग्दै आएकोमा सरकारले गठन आदेशबाट समिति बनाइ समाधानको पहल गरेपछि प्रमाण पूर्जा वितरण गरिएको हो ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले व्यवस्था परिवर्तनपछि पनि जनताको अवस्था परिवर्तन भएन भन्नेहरूका लागि जवाफ मिल्ने गरी अहिलेको संयुक्त सरकारले काम गरिरहेको बताइ । उनले जनताको हरेक समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मुलुकमा अस्थिरता मच्चाउने र देशको समस्या समाधान भएको देख्न नसक्नेहरूले सरकार ढल्न लाग्यो भनेर हल्ला फैलाए पनि एमाले र कांग्रेसबीचको सहमति अनुसार अबको १८ महिनापछि कांग्रेस सभापतिलाई सत्ता हस्तान्तरण गर्ने पुनः स्मरण गराए ।
 

ADV

सम्बन्धित खबर

Advertise