२०८२ वैशाख २७ गते शनिवार / May 10 , 2025 , Saturday
२०८२ वैशाख २७ गते शनिवार
Ads

स्ट्रिक्स प्रोफेशनलको मेगा शो २०२४ को पाँचौं संस्करण

मध्यान्ह
२०८१ मंसिर २३ गते २१:०५
स्ट्रिक्स प्रोफेशनलको मेगा शो २०२४ को पाँचौं संस्करण

काठमाडौं : हेयर प्रोडक्टको ब्राण्ड स्ट्रिक्स प्रोफेशनलले काठमाडौंमा मेगा शो २०२४ को पाँचौ संस्करण सम्पन्न भएको छ । यो पाँचौँ संस्करणमा ब्रान्ड सेलूनिस्ट र सौन्दर्य व्यवसायीहरूलाई शिक्षित गर्ने प्रतिबद्धता रहेको कम्पनीले जनाएको छ । मेरियट होटलमा आयोजित मेगा शो २०२४ मा नेपालभरिका सैलुन व्यवसायीहरूको उपस्थिति रहेको थियो । 

उक्त कार्यक्रममा कपालको अत्याधुनिक डिजाइन, कलरिङ, रचनात्मकता, सिप विकासबारे जानकारी प्रदान गरिएको थियो । मेगा शो २०२४ ले सैलुनिस्टहरूलाई हेयरकट्, रंग र नयाँ शैलीमा अन्तर्राष्ट्रिय फेसनको अभ्यास बारे प्रशिक्षण दिईएको थियो । कार्यक्रममा स्ट्रिक्स प्रोफेशनलको स्पेक्ट्रम कलेक्शनबाट ६ वटा आकर्षक लुक्सको अनावरण र स्ट्रिक्स प्रोफेशनल अर्गन सीक्रेट्स हाई लिफ्ट शेड्स, ह्युम्याजिक नो अमोनिया हेयर कलर र फङ्गी कलर जस्ता नयाँ उत्पादनहरूको सार्वजनिक गरिएको थियो । 

स्ट्रिक्स प्रोफेशनलका प्रमुख रोशेल छाबड़ाले शिक्षामा ब्रान्डको समर्पणमाथि जोड दिएकी थिईन् । ‘स्ट्रिक्स प्रोफेशनलमा हामी शिक्षालाई हाम्रो उद्योगको आधार शिलाको रूपमा हेर्छौं, मेगा शो हाम्रो प्रमुख कार्यक्रम हो,  जुन सैलुन समुदायलाई नवीनतम अन्तर्राष्ट्रिय प्रचलन र उन्नत प्रविधिहरूमाथि गहन प्रशिक्षणको साथ सुसज्जित गर्नमा केन्द्रित छ’, उनले भनिन्, ‘सैलुन पेशेवरहरू कपालको फेसनमा अग्रपंक्तिमा रहिरहन यी विश्वव्यापी प्रचलनहरूलाई आफ्ना ग्राहकहरूको अद्वितीय आवश्यकताहरू अनुरूप अपनाउनमा सक्षम हुन साथै हेयर फेसनमा सबैभन्दा अग्रपंक्तिमा रहुन् ।’ 

मेगा शो को पांचौँ संस्करणले आफूमा उत्साह थपिएको उनले बताइन् । गतवर्ष पनि स्ट्रिक्स प्रोफेशनलले काठमाडौंमा कार्यक्रमको आयोजना गरेको थियो । यस पटक स्ट्रिक्स प्रोफेशनलले आफ्ना नयाँ उत्पादनहरू बजारमा सार्वजनिक गरेको छ । साथै कपालको कलात्मक डिजाइनका नयाँ उत्पादनहरू पनि सार्वजनिक गरेको छ ।

ADV

सम्बन्धित खबर