२०८२ जेठ ५ गते सोमवार / May 19 , 2025 , Monday
२०८२ जेठ ५ गते सोमवार
Ads

जिप दुर्घटनामा दुईको मृत्यु, तीन घाइते

मध्यान्ह
२०८१ मंसिर २३ गते १६:२६
जिप दुर्घटनामा दुईको मृत्यु, तीन घाइते

बाजुराः सदरमुकाम मार्तडीमा आज दिउँसो स्कारपियो जिप दुर्घटना हुँदा एक जनाको घटनास्थल र एक जनाको जिल्ला अस्पताल बाजुरामा उपचारका क्रममा मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

बडीमालिका नगरपालिका–८ मा रहेको मालिका मन्दिरमा दर्शन गरेर फर्किने क्रममा मार्तडी कोल्टी सडक खण्डमा पर्ने अपी होटल नजिकै सु प प्र ०१ ००१ च ४३१६ नम्बरको स्कारपियो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा कञ्चनपुरकाभीमदत्त नगरपालिका–१७ की ३१ वर्षीया गायत्री पन्त रहेकी छिन् । यस्तै, दुर्घटनामा घाइते भएर उपचारका क्रममा भीमदत्त नगरपालिका–१८ की राधिका भट्टको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते हुनेमा शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय बाजुराका कार्यालय सहयोग गौमुल गाउँपालिका–४ बस्ने २५ वर्षीय रमेश धामी, कञ्चनपुर जिल्ला कृष्णपुर–५ गुलरियाका मोहनदेव भट्ट र भीमदत्त नगरपालिका–१७ का ३९ वर्षीय लोकेन्द्र पन्त घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिएका छन् ।

मृतक दुवै जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल बाजुरामा राखिनेछ  । घाइतेहरुको हाल जिल्ला अस्पताल बाजुराका उपचार भइरहेको छ  । 

जिप दुर्घटना हुँदा सात जना घाइते 

जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिकामा आज जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । सोही गाउँपालिका–६ स्थित धिम गाउँमा जिप दुर्घटना भएको हो । धिममा एभरेष्ट इन्टरनेटको नेट जडानका लागि १३ जना सवार रहेको गाडी अनियन्त्रित भई दुर्घटना भइ सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

घाइते सात जनाको उद्धार गरी कोल्टी अस्पतालमा उपचारका लागि ल्याइएको प्रहरीले जनाएको छ । घटनामा परेका घाइतेको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । गाडी अनियन्त्रित भइ सडकमै पल्टिएको प्रहरीले जनाएको छ ।

ADV

सम्बन्धित खबर