काठमाडौँ : दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासत राख्न अदालतले अनुमति दिएको छ । प्रहरीको केन्द्रीय साइबर ब्युरोको हिरासतमा रहेका प्रसाईंविरुद्ध आइतबार ३ दिन म्याद थप भएको ब्युरोले जनाएको छ ।
भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईंविरुद्ध विद्युतीय कसुरको अपराधमा ब्युरोले अनुसन्धान गरिरहेको छ । यसैगरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
विभिन्न व्यवसायीहरूलाई धम्काएको कसुरमा पक्राउ परेका झापाका हरिचन्द्र फुयाँलसँग प्रसाईंको कनेक्सन देखिएपछि उनीविरुद्ध पनि आपराधिक लाभको कसुरमा पक्राउ पुर्जी जारी भएको छ ।
अहिले साइबर ब्युरोले भने प्रसाईंविरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडिया लगानी गरेको भनेर दिएको अभिव्यक्तिमाथि अनुसन्धान भइरहेको छ ।