२०८२ जेठ ५ गते सोमवार / May 19 , 2025 , Monday
२०८२ जेठ ५ गते सोमवार
Ads

नवनिर्वाचित वडाध्यक्षमाथि बलात्कार, हत्या र अपहरणको मुद्दा

मध्यान्ह
२०८१ मंसिर २१ गते १६:३४
नवनिर्वाचित वडाध्यक्षमाथि बलात्कार, हत्या र अपहरणको मुद्दा

राजविराज : सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ का नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्र कुमार साहमाथि बलात्कारसहित तीन वटा कसुरको आरोपमा अनुसन्धान हुने भएको छ ।

१६ मंसिरमा भएको उपनिर्वाचनबाट वडाध्यक्षमा निर्वाचित भएका साहलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कल्याणपुरबाट गएको प्रहरी टोलीले मधुवनी टोलबाट पक्राउ गरेर उनीमाथि अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरक्षिक मनिष श्रेष्ठले जानकारी दिए ।

वडाध्यक्ष साहसहितका व्यक्तिले डाक्नेश्वरी नगरपालिका–१ माधोपुरमा २०७८ चैत २२ गते एक महिलालाई सामुहिक बलात्कारपछि हत्या गरेको आरोप छ । सुरुमा प्रहरीले उजुरी दर्ता गर्न नमानेपछि पीडितले हुलाक मार्फत इलाका प्रहरी कार्यालय कल्याणपुरमा उजुरी दिएका थिए ।

साहसहितका ओरोपिविरुद्ध जवरजस्ती करणी र कर्तव्य ज्यान शीर्षकमा २०७९ साउन १७ गते हुलाकबाट उजुरी प्राप्त भएपछि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै २०८० जेठ १० गते जिल्ला सरकारी वकील कार्यालय सप्तरीबाट इलाका प्रहरी कार्यालय कल्याणपुरमा व्यक्ति वेपत्ता रहेको सम्बन्धमा अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा पनि जाहेरी दरखास्त पठाइएको थियो ।

उच्च अदालत जनकपुरको राजविराज इजलासबाट २०८० चैत ४ गते अनुसन्धानका लागि परमादेश जारी भएको थियो ।
 

ADV

सम्बन्धित खबर