२०८२ जेठ ५ गते सोमवार / May 19 , 2025 , Monday
२०८२ जेठ ५ गते सोमवार
Ads

भुटानी नरेश स्वदेश फर्किए

मध्यान्ह
२०८१ मंसिर २१ गते १५:३३
भुटानी नरेश स्वदेश फर्किए

काठमाडौ-भूटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुक शुक्रबार स्वदेश फिर्ता भएका छन् । उनलाई परराष्ट्रमन्त्री आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गरेकी हुन् । 

शुक्रवार अनौपचारिक भ्रमणको सिलसिलामा काठमाडौं आएका वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको दर्शनसहित पूजाआजा गरेका थिए । भारतबाट स्वदेश फर्कने क्रममा उनी काठमाडौं आएका हुन् ।

निजी भ्रमणको सिलसिलामा काठमाडौं आएलगतै वाङचुक काठमाडौंको स्वयम्भूनाथ तथा बौद्धमा पुगेर दर्शन र पूजाअर्चना गरेका हुन् । सो क्रममा उनले स्वयम्भूनाथ परिसरको अवलोकनसमेत गरेका थिए । साथै नजिकै रहेको गुम्बाहरूमा समेत गएका थिए ।

ADV

सम्बन्धित खबर