२०८२ जेठ ५ गते सोमवार / May 19 , 2025 , Monday
२०८२ जेठ ५ गते सोमवार
Ads

बौद्धिक पलायनको अवस्था चिन्ताजनक : डा. भट्टराई

मध्यान्ह
२०८१ मंसिर २० गते १५:५६
बौद्धिक पलायनको अवस्था चिन्ताजनक : डा. भट्टराई

काठमाडौं : नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशमा रहेका विषयविज्ञ र प्राविधिकहरूको सही सदुपयोग गर्न नसक्दा नेपालले बौद्धिक पलायनको गम्भीर समस्या भोगिरहेको बताएका छन् ।

बिहीवार काठमाडौँमा आयोजित ‘आर्कविल्ड एक्स्पो २०२४’को उद्घाटन कार्यक्रममा बोल्दै डा. भट्टराईले नेपाल जस्तो विकासशील र विकासोन्मुख देशमा विकास निर्माण सँगसँगै हुने पर्यावरणीय समस्याको समाधान गर्न प्रविधि र विषय विज्ञहरूको अधिकतम प्रयोग गर्नुपर्ने बताए ।

उनले आर्किटेक्टले मानवजातिको विकास र भौतिक प्रगति मात्र नभई कला, संस्कृति र सम्पदाको समेत प्रतिनिधित्व गर्ने भएकाले यसलाई पेशाको रूपमा नभई अभियानको रूपमा अँगाल्नुपर्ने बताए । अध्यक्ष भट्टराईले आर्किटेक्टलाई समयानुकूल सदुपयोग गरी आफ्नै देशमा जनशक्ति परिचालन गर्नुपर्ने बताए ।

अध्यक्ष भट्टराईले भने, ‘आर्किटेक्टले मानवजातिको विकास र भौतिक प्रगति मात्र होइन, कला, संस्कृति लगायत क्षेत्रको प्रतिनिधित्व पनि गर्छ । दुःखका साथ भन्नुपर्छ हाम्रा जस्तो अल्पविकसित देशले देशमा रहेका विषयविज्ञहरू, प्राविधिकहरूको सदुपयोग गर्न नसक्दा हामो जस्तो गरिब देशले ब्रेन ड्रेन अर्थात् बौद्धिक पलायनको गम्भीर समस्या भोग्नु परेको छ ।’

भट्टराईले नेपालको मौलिक निर्माण पद्धतिको संरक्षण गर्न नसकेको टिप्प्णी गरे । पछिल्लो चरणमा आधुनिक आर्किटेक्चरको विकास हुँदै गएपनि त्यसले लय समात्न नसकेको महसुस भएको उनले बताए ।

उनले संघीयतापछि तीनै तहको सरकार बनेपनि व्यवस्थित ढंगले शहर र बस्ती निर्माण गर्न नसकेको धारणा राखे । काठमाडौंको भृकुटीमण्डपमा सुरु आर्कबिल्ड एक्सपो तीन दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

ADV

सम्बन्धित खबर