२०८२ वैशाख २८ गते आइतवार / May 11 , 2025 , Sunday
२०८२ वैशाख २८ गते आइतवार
Ads

२१ निर्माण कम्पनी कालोसूचीमा

मध्यान्ह
२०८१ मंसिर १८ गते ११:५५
२१ निर्माण कम्पनी कालोसूचीमा

काठमाडौं : सार्वजनिक खरिद अनुगमन कार्यालयले २१ निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ । 

विभिन्न निकायबाट कालोसूचीमा राख्न सिफारिस भइ आएका २१ निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कार्यालयको मंसिर १७ गतेको निर्णयअनुसार कालोसूचीमा राखिएको हो ।

कालोसूचीमा पर्नेमध्ये जोरपाटीको नवदुर्गा विल्डर्सलाई सबैभन्दा धेरै तीन वर्षका लागि कालोसूचीमा समावेश गरिएको छ । त्यस्तै, सुनाकोटीको सपना–सैलुङ जेभीलाई अढाइ वर्ष कालोसूचीमा राखिएको छ । 

उक्त जेभी अन्तर्गत हेटौंडाको सपना कन्स्ट्रक्सन र ललितपुर ढोलाहिटीको सैलुङ कन्स्ट्रक्सन रहेका छन् । संघीय सडक डिभिजन चौरजहारी रुकुमको सिफारिसमा ती कम्पनीलाई कालोसूचीमा राखिएको हो । 

ADV

ताजा खबर

सम्बन्धित खबर