२०८२ वैशाख २६ गते शुक्रवार / May 09 , 2025 , Friday
२०८२ वैशाख २६ गते शुक्रवार
Ads

कीर्तिपुरको मेयरमा कांग्रेसका डंगोल निर्वाचित

मध्यान्ह
२०८१ मंसिर १७ गते २१:१४
कीर्तिपुरको मेयरमा कांग्रेसका डंगोल निर्वाचित

काठमाडौं : काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका कृष्णमान डंगोल विजयी भएका छन् ।

उनी ५ हजार ३ सय ३४ मतसहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका प्रा.डा शिवशरण महर्जनले ४ हजार ५ सय ५५ मत प्राप्त गरे ।

यहाँ नेकपा एमालेका उम्मेदवार डा. सुरेन्द्र मानन्धर तेस्रो हुन पुगे । उनले ४ हजार ३ सय ३७ मत प्राप्त गरेका छन् ।

यसअघि ०७९ मा भएको स्थानीय तह निर्वाचनमा पनि यहाँ कांग्रेसले नै जितेको थियो । त्यतिबेला कांग्रेस उम्मेदवार राजकुमार नकर्मीले ९ हजार ४३ मत ल्याएका थिए ।

ADV

सम्बन्धित खबर