२०८२ जेठ ५ गते सोमवार / May 19 , 2025 , Monday
२०८२ जेठ ५ गते सोमवार
Ads

‘विद्यालयमा कुलपति’ कार्यक्रम सञ्चालन

मध्यान्ह
२०८१ मंसिर १४ गते २१:००
‘विद्यालयमा कुलपति’ कार्यक्रम सञ्चालन

सर्लाही : नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा कम्युनिटी वेयलफियर स्कुल लालबन्दी सर्लाहीले ‘विद्यालयमा कुलपति’ कार्यक्रम सम्पन्न गरेको छ । 

विद्यालयसँग प्राज्ञिक कर्म र प्रज्ञा–प्रतिष्ठानलाई जोड्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा कुलपति राईले कुनै पनि मुलुक वा समाजको भाषा,साहित्य,संस्कृति र कला सफ्टपावर भएको बताए । उनले भने, ‘जसरी कम्प्युटर सञ्चालन गर्नका लागि सफ्टवयर महत्वपूर्ण हुन्छ,त्यसैगरी देश सञ्चालनका लागि साहित्य र कलाको आवश्यकता पर्दछ ।’

उक्त कार्यक्रमका विशिष्ट अतिथि प्रज्ञा–प्रतिष्ठानका प्रज्ञासभा सदस्य चेतनाथ धमलाले प्रज्ञा–प्रतिष्ठानलाई विभिन्न शैक्षिक संस्था र गाउँगाउँमा पुर्‍याउने उद्देश्यले ‘विद्यालयमा कुलपति कार्यक्रम’ सञ्चालन गरेर ज्ञानको थलोको रूपमा रहेको प्रतिष्ठानलाई चिनाउने उद्देश्यले यस्ता कार्यक्रम भइरहेको बताए । 

उक्त स्कुलका भाइस प्रिन्सिपल जगदीश कँडेलले स्वागत मन्तव्य र शिक्षिका कोमल अधिकारीले कार्यक्रमको उद्घोषण गरेकी थिइन् । त्यसपछि उक्त विद्यालयका विद्यार्थीसँग अन्तरक्रिया कार्यक्रम भएको थियो ।

ADV

सम्बन्धित खबर