लुम्बिनीट : लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो विशेष दीक्षान्तका अवसरमा शुक्रवार प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीबाट एक मानार्थ विद्यावारिधिसहित विभिन्न संकायमा उपाधीप्राप्त दुई सय ८९ जना दीक्षित भएका छन् ।
प्रधानमन्त्री ओलीले भिक्षुणी धम्मावती गुरुमालाई मानार्थ विद्यावारिधि प्रदान गरे । यस्तै प्रधानमन्त्रीले पाँच जनालाई विद्यावारिधिको उपाधि प्रदान गरे ।
ललितपुरमा जन्मिएकी ९१ वर्षकी गुरुमाले बौद्ध धर्म, दर्शन र शिक्षाको विकासमा दिएकी अतुलनीय योगदानप्रति सम्मान गर्दै १७ औं विश्वविद्यालयसभाले गुरुमालाई सो सम्मान प्रदान गर्ने निर्णय गरेको थियो ।