२०८२ जेठ ५ गते सोमवार / May 19 , 2025 , Monday
२०८२ जेठ ५ गते सोमवार
Ads

नक्कली शैक्षिक प्रमाणपत्र बनाएर अहेब बनेको आरोपमा मुद्दा दायर

मध्यान्ह
२०८१ मंसिर १४ गते १४:०३
नक्कली शैक्षिक प्रमाणपत्र बनाएर अहेब बनेको आरोपमा मुद्दा दायर

काठमाडौं :  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डडेल्धुराको परशुराम नगरपालिकामा कार्यरत अहेब रमेश बोहराविरुद्ध मुद्दा दायर गरेको छ । शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको दाबी गर्दै अख्तियारले बोहराविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले अहेब बोहराले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी लाभ लिएको पुष्टि हुन आएकोले आरोप पत्र दायर गरिएको जनाएको छ ।

बोहराले काउन्सिल फर टेक्निकल इजुकेसन एन्ड भोक्यासनल ट्रेनिङ, अफिस अफ द कन्ट्रोलर अफ इक्जामिनेस, भक्तपुरबाट जारी भएको कम्युनिटी मेडिसिन एसिस्टेन्ट तहको झुट्टा/नक्कली मार्कसिट र प्रमाणपत्रहरू पेस गरी परशुराम नगरपालिका-८ मा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रमा ११ भदौ २०७७ मा अहेब तहमा नियुक्त भइ हालसम्म बहाल रहेको देखिन आएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

बोहराविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिइएको प्रवक्ता घिमिरेले बताए ।

ADV

सम्बन्धित खबर