२०८२ जेठ ५ गते सोमवार / May 19 , 2025 , Monday
२०८२ जेठ ५ गते सोमवार
Ads

प्रधानमन्त्रीसमक्ष सूचना आयोगको १६औं वार्षिक प्रतिवेदन पेस

मध्यान्ह
२०८१ मंसिर १३ गते १२:५६
प्रधानमन्त्रीसमक्ष सूचना आयोगको १६औं वार्षिक प्रतिवेदन पेस

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगले आर्थिक वर्ष २०८०/०८१ को १६औं वार्षिक प्रतिवेदन पेस गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले सो प्रतिवेदन प्रधानमन्त्री ओलीसमक्ष पेस गरेका हुन् ।

उक्त प्रतिवेदन प्रधानमन्त्रीमार्फत संघीय संसदमा प्रस्तुत गरिने व्यवस्था रहेको छ । सोही अवसरमा प्रधानमन्त्री ओलीले आयोगको वर्तमान नेतृत्वको पाँच वर्षे कार्यकालमा निर्णय भएका ‘महत्वपूर्ण आदेश संग्रह’ सार्वजनिक गरे ।

प्रधानमन्त्री ओलीले सूचनाको हकलाई वास्तविक हकका रुपमा स्थापित गर्दै सरोकार भएका पक्षलाई आवश्यक सूचना दिने काममा सरकार र आयोगबीच सहकार्य हुनुपर्ने बताए । उनले लोकतन्त्रका पक्षमा सक्दो कार्यान्वयन गर्दै अराजकतालाई भने निरुत्साहन गर्नुपर्नेमा जोड दिए ।

प्रमुख आयुक्त गुरुङले आफूहरुको पाँच वर्षको कार्यकालमा पाँच हजार एक सय ८२ पुनरावेदन प्राप्त भएकोमा ९५ प्रतिशत फर्छ्यौट गरिएको जानकारी गराए । वर्तमान प्रमुख आयुक्त गुरुङ, आयुक्तहरु कमला ओली थापा र रत्नप्रसाद मैनालीको कार्यकाल यही मंसिर २३ गते सकिँदैछ ।

ADV

ताजा खबर

सम्बन्धित खबर