२०८२ जेठ ५ गते सोमवार / May 19 , 2025 , Monday
२०८२ जेठ ५ गते सोमवार
Ads

बाल सुधारगृहलाई समायानुकूल सुधार गर्न सुझाव

मध्यान्ह
२०८१ मंसिर १३ गते ११:२८
बाल सुधारगृहलाई समायानुकूल सुधार गर्न सुझाव

नेपालगञ्जः बारम्बार बाँकेको बाल सुधारगृहबाट बालबिजाइँकर्ता फरार हुन थालेपछि जिल्ला सुरक्षा समितिले बाल सुधारसम्बन्धी कानुनी व्यवस्थालाई समयानुकूल सुधार गर्न सुझाव दिएको छ ।

सुरक्षा समितिको बुधबारको बैठकले उमेर पुगेका बालबिजाइँकर्तालाई समेत एकै ठाउँमा राखिँदा आपराधिक क्रियाकलाप बढ्दै गएको भन्दै समितिले सो सुझाव दिएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा भएको बैठकले कात्तिक २६ गते तीन बालबिजाइँकर्ता भागेको घटनामा सुरक्षामा कमजोरी पाइएको भन्दै विभागीय कारबाहीको सिफारिस गर्ने निर्णय  गरेको छ । 

उनले बाल सुधारगृहमा सादा पोसाकमा प्रहरी सुरक्षामा खटिने र हतियारसहित बस्न नपाउनेलगायत प्रावधानले सुरक्षाकर्मी अप्ठेरोमा परेको बताए । यसैबीच, बाल सुधारगृहबाट १२ बालबिजाइँकर्ता भागेकामा नौजना फेला परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसअघि भागेका पनि तीनजना अझै फेला परेका छैनन् । गत वर्ष पुसमा पनि २३ जना पनि तीनजना भागेका थिए । 

ADV

ताजा खबर

सम्बन्धित खबर