२०८२ जेठ ५ गते सोमवार / May 19 , 2025 , Monday
२०८२ जेठ ५ गते सोमवार
Ads

कोशीका पूर्वमन्त्री अधिकारीविरुद्ध मुद्दा नचल्ने निर्णय

मध्यान्ह
२०८१ मंसिर १० गते १७:०४
कोशीका पूर्वमन्त्री अधिकारीविरुद्ध मुद्दा नचल्ने निर्णय

काठमाडौं : मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई मुद्दा नचलाउने निर्णय भएको छ ।

सरकारी वकिल कार्यालय काठमाडौंका प्रवक्ता एवं जिल्ला न्यायाधिवक्ता सिताराम अर्यालले सांसद अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय भएको जानकारी दिए ।

अन्य ११ जनाविरूद्ध भने जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ ।

पूर्वमन्त्री अधिकारीलाई मुद्दा नचलाउने निर्णय गर्दा उनले जापानबाट नेपाल प्रहरीका डीआईजी चन्द्रकुवेर खापुङ र राजन अधिकारीलाई पठाएको म्यासेजलाई मुख्य आधार बनाइएको छ ।

जापानमा हुने इन्टरनेसनल कन्फरेन्स अन ओपन एक्सेस टु कल्चर २०२४ को सात दिने कार्यक्रममा पूर्वआन्तरिक मामिला तथा कानुन मन्त्रीसमेत रहेका अधिकारीसहित चार जना कात्तिक ११ गते गएका थिए । 

उनीसँगै गएका जनक राई, दावा शेर्पा र कञ्चन देवकोटालाई जापानको अध्यागमनले डिपोर्ट गरेको थियो ।

ADV

सम्बन्धित खबर