२०८२ जेठ १ गते बिहिवार / May 15 , 2025 , Thursday
२०८२ जेठ १ गते बिहिवार
Ads

एमएडब्लू हायर पर्चेजले पायो उत्कृष्ट करदाताको सम्मान

मध्यान्ह
२०८१ मंसिर ९ गते २०:५८
एमएडब्लू हायर पर्चेजले पायो उत्कृष्ट करदाताको सम्मान

काठमाडौं : आन्तरिक राजश्व कार्यालय विराटनगरले एमएडब्लू हायर पर्चेज प्रालिलाई यो पटकको उत्कृष्ट करदाताको सम्मान प्रदान गरेको छ । कार्यलयले १३ औं राष्ट्रिय कर दिवस एवम् कर सप्ताहको समापन समारोहमा एमएडब्लूलाई उत्कृष्ट करदाताको रूपमा सम्मान गरेको हो । 

कार्यालयका प्रमुख कर अधिकृत भूपालराज शाक्य र कार्यक्रमका प्रमुख अतिथि मोरंगका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले कम्पनीका महाप्रबन्धक प्राणनाथ भट्टराईलाई उत्कृष्ट करदाताको प्रमाणपत्र प्रदान गर्दै उक्त सम्मान प्रदान गरेका हुन् । नेपाल राष्ट्र बैंकको इजाजतपत्र अनुसार विसं २०६८ सालमा स्थापना भएको एमएडब्लू हायर पर्चेजले आफ्ना ग्राहकहरूलाई सजिलो र झन्झटमुक्त हायर पर्चेज समाधानहरू उपलब्ध गराउँदै आएको छ ।

ADV

सम्बन्धित खबर