२०८२ जेठ ६ गते मङ्गलवार / May 20 , 2025 , Tuesday
२०८२ जेठ ६ गते मङ्गलवार
Ads

कांग्रेसको केन्द्रीय कोषाध्यक्षमा उमेश श्रेष्ठ

मध्यान्ह
२०८१ मंसिर ९ गते १४:१०
कांग्रेसको केन्द्रीय कोषाध्यक्षमा उमेश श्रेष्ठ

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत भएका छन् ।

कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (४) बमोजिम केन्द्रीय कार्यसमितिका निर्वाचित सदस्य श्रेष्ठलाई पार्टीको केन्द्रीय कार्यसमितिको कोषाध्यक्ष पदमा मनोनीत गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

श्रेष्ठ मनोनीत भएसँगै कांग्रेसको पदाधिकारीले पूर्णता पाएको छ । श्रेष्ठ गत प्रतिनिधिसभाको निर्वाचनमा चितवन-२ बाट पराजित भएका थिए ।

ADV

सम्बन्धित खबर