२०८२ जेठ ६ गते मङ्गलवार / May 20 , 2025 , Tuesday
२०८२ जेठ ६ गते मङ्गलवार
Ads

प्रतिनिधिसभाका सचिव अधिकारीले दिए राजीनामा

मध्यान्ह
२०८१ मंसिर ९ गते १३:२४
प्रतिनिधिसभाका सचिव अधिकारीले दिए राजीनामा

काठमाडौं : प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले राजीनामा दिएका छन् । सचिव अधिकारीले राष्ट्रपतिसमक्ष राजीनामा दिएका हुन् ।

गत असारमा प्रतिनिधिसभाको सचिव बनेका अधिकारीले स्वास्थ्य समस्याको कारण देखाउँदै राजीनामा दिएका हुन् ।​​

संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सोमबारदेखि लागू हुने गरी अधिकारीले राजीनामा दिएका हुन् ।

अधिकारीलाई गत असार १८ गते सभामुख देवराज घिमिरेको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको सचिवमा नियुक्त गरेका थिए ।

ADV

सम्बन्धित खबर