काठमाडौँ : गत असोज दोस्रो साता अविरल वर्षाका कारण मुलुकमा १७ अर्ब बढीको क्षति भएको सरकारको प्रारम्भिक अनुमान छ । तथ्यांकअनुसार सबैभन्दा बढी क्षति कृषि तथा पशुपन्छी क्षेत्रमा परेको छ ।
कृषि तथा पशुपंक्षीतर्फ ६ अर्ब बराबर, खानेपानीको संरचनामा ३ अर्ब ५५ करोड र सडक पूर्वाधारतर्फ २ अर्ब ५२ करोड क्षति भएको छ । ऊर्जातर्फ ४ अर्ब, सिँचाइतर्फ १ अर्बको क्षति पुगेको छ । बाढी–पहिरो डुबानबाट २ सय २६ को मृत्यु भएको छ भने २५ बेपत्ता छन् भने १ सय ७७ घाइते भएका थिए ।
काभ्रेपलान्चोक, ललितपुर, धादिङ, काठमाडौँ, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुरसहित २१ जिल्ला बाढी प्रभावित भएका छन् । ३७ वटा राजमार्ग अवरुद्ध भएका थिए ।
काठमाडौँ उपत्यकाको बागमती कोरिडोर क्षेत्र र नख्खु खोला कोरिडोरमा रहेका सयौँ घरहरूमा क्षति पुगे । त्यस्तै गरी ललितपुरको टिकाभैरब क्षेत्र, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक र सिन्धुली जिल्लामा पनि बाढीले उस्तै क्षति पुर्याएको छ ।
बाढीले क्षति पुर्याएको दुई महिना पुगे पनि अहिलेसम्म पीडितहरूले सरकारबाट उचित राहत नपाएको गुनासो गरिरहेका छन् । न त क्षतिग्रस्त संरचना पुनर्निर्माणमा नै सरकारको ध्यान पुग्न सकेको छ ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी