२०८२ जेठ ६ गते मङ्गलवार / May 20 , 2025 , Tuesday
२०८२ जेठ ६ गते मङ्गलवार
Ads

सिद्धबाबाको वार्षिकोत्सवमा १९ जनाले गरे रक्तदान

मध्यान्ह
२०८१ मंसिर ७ गते १९:०७
सिद्धबाबाको वार्षिकोत्सवमा १९ जनाले गरे रक्तदान

नेपालगन्ज : सिद्धबाबा हार्डवेयर तथा स्टार पोेलिपाइप प्रा.लि.को आयोजना, बाँकेको नेपालगन्जबाट प्रकाशित जनमत अद्र्ध साप्ताहिक पत्रिकाको सहकार्य तथा नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँके जिल्ला कार्यसमितिको समन्वयमा त्रैमासिक रक्तदान कार्यक्रममा २ महिला सहित १९ जनाले रक्तदान गरेका छन् । 

मंसिर ७ गते शुक्रवार आयोजित रक्तदान कार्यक्रममा पत्रकार, व्यवसायी, शिक्षक लगायत नियमित स्वयम्सेवी रक्तदाताहरुले रक्तदान गर्नु भएको हो । 

नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँकेकी अध्यक्ष दिला शाह, जनमत अर्द्ध साप्ताहिकका सम्पादक पूर्णलाल चुके, सिद्धबाबा हार्डवेयर÷स्टार पोेलिपाइप प्रालिका सञ्चालक कमल कुमार कार्कीले संयुक्त रुपमा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, केन्द्रका प्राविधिकद्वय होमराज गिरी र सोम प्रकाश सापकोटालाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रमको शुरुवात गरिएको थियो । 

जनमतको रजत वर्ष–२०६३ देखि “रक्तदान जीवनदान” को उद्देश्यका साथ नियमित रुपमा सञ्चालित “त्रैमासिक रक्तदान कार्यक्रम”को ६२ औं श्रृङ्खलामा रक्तदान गर्नेहरुमा सिटिजन बैंक लि.को प्रदेश प्रवन्धक विनय गौतम, नेपालगन्ज शाखाका प्रवन्धक विनोद कुँवर, सिद्धबाबा हार्डवेयर/स्टार पोेलिपाइप प्रालिका नमु कुमार पाण्डे, नियमित रक्तदाता तथा नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँके जिल्ला कार्यसमितिका उपाध्यक्ष मन बहादुर केसी, शिक्षक अशोक कुमार मौर्य, विजय कुमार अधिकारी, विवश खड्का, श्रीमती कृष्णा खत्री, लक्ष्मी गुरुङ, राज कुमार पासी, मदन ज्ञवाली, राजा तिमिल्सीना, दिपक थारु, दिपक ओली, ठाकुर प्रसाद बस्याल, सुभाष मैनाली, प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्राविधिक महेश दहितले रक्तदान गर्नु भएको छ । 
कार्यक्रममा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, प्राविधिक सोम प्रसाद सापकोटा, होमराज गिरी, महेश दहित, शिवराज शाही, वीरेन्द्र योगीले प्राविधिक सहयोग गर्नु भएको थियो । 

स्वाथ्य विज्ञानका अनुसार नियमित रक्तदान गर्ने पुरुषहरुमा हुनसक्ने आइरन ओभर लोड कम हुने र हृदयाघात हुने सम्भावना ८८ प्रतिशत कम हुन्छ । आइरन बढी हुने भएकोले नियमित रक्तदान गर्ने पुरुषहरुमा मधुमेह र क्यान्सर रोग हुने सम्भावना कम हुन्छ । त्यसैगरि रक्तदान गरेपछि शरीरमा नयाँ रक्त कोशिकाहरु बन्ने हुँदा रक्त प्रणाली पुनर्ताजगी हुन्छ र रक्तदान गरे जति रगतको मात्रा ४ साता भित्र तयार हुने हुँदा हरेक तीन महिनाको फरकमा रक्तदान गर्दा शारीरिक रुपमा पनि स्फुर्ती आउने गर्छ ।

सो कार्यक्रममा नागरिक अगुवा कृष्ण प्रसाद श्रेष्ठ, अन्नपूर्ण पोष्ट दैनिकका प्रदेश प्रमुख तथा मेरो खुशी डट कमका सम्पादक शंकर प्रसाद खनाल, वरिष्ठ पत्रकार कृष्ण अधिकारी, नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँकेका सल्लाहकार तथा जनमत रक्तदान कार्यक्रमका संयोजक पवन जायसवाल सिद्धबाबा हार्डवेयर प्रालिका सञ्चालक तथा उद्योगी व्यवसायीहरु, कर्मचारीहरु लगायतको सहभागिता रहेको थियो ।

ADV

सम्बन्धित खबर