२०८२ जेठ ६ गते मङ्गलवार / May 20 , 2025 , Tuesday
२०८२ जेठ ६ गते मङ्गलवार
Ads

अनुकूलन कोष बोर्डको सदस्यमा शर्मा छनोट

मध्यान्ह
२०८१ मंसिर ७ गते १८:५४
अनुकूलन कोष बोर्डको सदस्यमा शर्मा छनोट

बाकुः अल्पविकसित देशहरूको समूह (४५ देशहरूको समूह) ले नेपाली प्रतिनिधि नरेश शर्मालाई सन् २०२५–२०२६ अवधिका लागि पुनः अनुकूलन कोष बोर्डको सदस्यमा निर्वाचित गरेको छ ।

संयुक्त राष्ट्र जलवायु परिवर्तन संरचनाको प्रारुप महासन्धि (यूएनएफसिसिसी) अन्तर्गतका पक्ष मुलुकबीच हाल बाकु, अजरबैजानमा जारी रहेको २९औं सम्मेलन (कोप–२९) मा शर्मालाई पुनःसदस्यको रुपमा निर्वाचित गरको हो ।

यो कोषले बहुपक्षीय कार्यान्वयन संस्था क्षेत्रीय कार्यान्वयन संस्था र राष्ट्रिय कार्यान्वयन संस्थामार्फत विभिन्न देशमा अनुकूलन कार्य लागू गर्न आर्थिक सहयोग प्रदान गर्दै आएको छ । हाल शर्मा अनुकूलन कोष बोर्डअन्तर्गत मान्यता प्यानलका अध्यक्षको भूमिकामा रहेका थिए । 

ADV

सम्बन्धित खबर