२०८२ वैशाख २६ गते शुक्रवार / May 09 , 2025 , Friday
२०८२ वैशाख २६ गते शुक्रवार
Ads

दरबारमार्गबाट शंकर पोखरेललको चुनौती–कम्बोडियामा भएको लगानी प्रमाणित गर

मध्यान्ह
२०८१ मंसिर ७ गते १५:२०
दरबारमार्गबाट शंकर पोखरेललको चुनौती–कम्बोडियामा भएको लगानी प्रमाणित गर

काठमाडौं-व्यवसायी दुर्गा प्रसालले कम्बोडियामा एमाले नेताहरूको लगानी प्रमाणित गर्न एमालेका महासचिव शंकर पोखरेलले चुनौती दिएका छन् ।

शुक्रबार एमालेले काठमाडौंमा आयोजना गरेको जागरण सभामा बोल्दै उनले एमाले नेताहरूको लगानी प्रमाणित गर्नेलाई त्यसको डबल दान दिने बताए ।

महासचिव पोखरेलले नेपालमा लोडसेडिङको अन्त्य केपी ओलीले गरेको दाबी गर्दै जस भने अरुले नै लिएको दाबी गरे । ‘दैनिक १८ घण्टा लोडसेडिङ हुन्थ्यो, केपी ओली प्रधानमन्त्री भएपछि नेपालको जलस्रोतमा देखिएका समस्या समाधान गरेर आधारभूत लोडसेडिङ एक वर्षभित्र हल गर्ने योजना तयार गर्ने प्रधानमन्त्रीका रूपमा केपी शर्मा ओली रहनुभयो,’ उनले भने ।

लोडसेडिङ अन्त्यको जस अरूले लिएको गुनासो गर्दै पोखरेलले भने, ‘तर बिडम्बनाको कुरा काम एउटाले गर्छ जस अर्कोलाई दिने हाम्रो समाजको परम्परा बन्न पुगेको छ ।’

पोखरेलले एमालेलाई समाप्त पार्न ठूलो प्रपञ्च रचिएको पनि दाबी गरे । उनले एमालेलाई कसरी सिध्यान सकिन्छ भनेर केही व्यक्ति लागिपरेको जिकिर गरे । ‘विकास र समृद्धिको अभियानमा होस् या सामाजिक सुरक्षासहितको लोककल्याण्कारी राज्य स्थापनामा एमालेले पहल गर्दै आएको छ । तर हाम्रो पार्टीलाई समाप्त पार्नका लागि अनेक प्रकारका प्रपञ्चहरू भइरहेका छन्,’ उनले भने ।

महासचिव पोख्रेलले मुलुकमा संकट आउँदा त्यसबाट जोगाउन एमालेले जागरण सभा गरेको जिकिर गर्दै भने ‘मुलुकलाई संकटबाट माथि उठाउने उद्देश्यका साथ अगाडि बढिरहेको बेला हाम्रो प्रयासलाई असफल बनाउन र राजनीतिमा भ्रम र दुस्प्रचारको श्रृंखला अगाडि बढाउने काम भइरहेको छ । त्यसलाई चिरेर मुलुकलाई विकास र समृद्धिको यात्रामा अगाडि लैजाने संकल्प र अठोटका साथ यो जागरण सभा गरिएको हो ।’

पोखरेलले महाकाली सन्धिको बचाउ पनि गरेका छन् । महाकाली सन्धि गरेकै कारण एमाले विभाजन भएको बताउँदै उनले उक्त सन्धि राष्ट्रवादी भएको दाबी गरे । ‘अहिले हाम्रो पार्टीलाई समाप्त गर्नका लागि अनेक प्रकारका प्रपञ्चहरु गरिरहेका छन् । कहिले महाकाली सन्धीका नाममा पार्टीलाई विभाजन गर्ने दुस्प्रयास गरियो । तर महाकालीसन्धि नेपालको राष्ट्रिय हितको विपक्षमा हुन्थ्यो भने उहिल्यै खारेज भइसक्थ्यो । नेपालको सबैभन्दा राष्ट्रवादी सन्धिको रुपमा रहेका महाकाली सन्धिलाई कार्यान्वयन गर्नेक्रममा हाम्रो पार्टीलाई वदनाम गर्ने कोशिमात्र भएन हाम्रो पार्टीलाई विभाजन गर्ने प्रयास गरियो ।’

महासचिव पोखरेलले नेपालमा कम्युनिष्टहरुको सरकार आएमा वृद्धवृद्धालाई मार्छन भनेर भ्रम छरिएको पनि बताए। लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहेका पोखरेलले मुलुकलाई संकट परेको बेला संकटबाट मुक्त गर्ने पार्टी एमाले नै भएको जिकिर गरे । 
 

ADV

सम्बन्धित खबर