२०८१ कार्तिक २४ गते शनिवार / Nov 09 , 2024 , Saturday
२०८१ कार्तिक २४ गते शनिवार

जसपा नेपालले पायो अन्तर्राष्ट्रिय सङ्गठन प्रोग्रेसिव अलान्सको सदस्यता

ADV
मध्यान्ह
२०८१ असोज २१ गते १४:३५
जसपा नेपालले पायो अन्तर्राष्ट्रिय सङ्गठन प्रोग्रेसिव अलान्सको सदस्यता

काठमाडौंः जनता समाजवादी पार्टी (जसपा) नेपालले अन्तर्राष्ट्रिय सङ्गठन प्रोग्रेसिव अलान्सको सदस्यता पाएको छ । दक्षिण अमेरिकामा रहेको चिलीको स्यान्टियागोमा सोमबार सम्पन्न विश्व सम्मेलनले जसपा नेपाललाई सङ्गठनको सदस्यता दिने निर्णय गरेको हो । 

समाजवादी, सामाजिक लोकतान्त्रिक, श्रमिक र प्रगतिशील पार्टीहरूको साझा अन्तर्राष्ट्रिय सङ्गठनको यो निर्णयसँगै जसपा नेपाल प्रोग्रेसिव अलान्सको नयाँ सदस्य पार्टी बनेको हो । विश्वका एकसय ९० वटा राजनीतिक पार्टी सदस्य रहेको उक्त सम्मेलनमा नयाँ सदस्यताका लागि भएको मतदानमा जसपा नेपाललाई सर्वसम्मतबाट सदस्यता प्रदान गर्ने निर्णय गरिएको हो । 

सबै महादेशबाट प्रोग्रेसिव अलाइन्सका करिब दुई सय राजनीतिक दलका प्रतिनिधि सहभागी उक्त अन्तर्राष्ट्रिय अधिवेशनमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र विदेश विभाग प्रमुख अर्जुन थापा पार्टीको तर्फबाट प्रतिनिधित्व गर्दै सहभागी थिए । प्रगतिशील र अन्तर्राष्ट्रिय ऐक्यबद्धताको युगको लागि स्वतन्त्रता, सामाजिक न्याय, मानवअधिकारको सुनिश्चितता, लैङ्गिक विभेद, सामाजिक–आर्थिक तथा जातीय विभेद, असमानता र उत्पीडनको अन्त्य एवं पर्यावरणीय सुरक्षा जस्ता अवधारणाका साथ उक्त सम्मेलन सम्पन्न भएको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise