२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

दुर्गा प्रसाईंको आरोप सम्झिँदै संसदमै रोइन् जेनजी शहीदकी आमा

Nada
२०८३ असोज ६ गते १५:०२
Shares
दुर्गा प्रसाईंको आरोप सम्झिँदै संसदमै रोइन् जेनजी शहीदकी आमा

काठमाडौं : जेनजी आन्दोलनमा छोरा गुमाएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडा प्रतिनिधिसभाको बैठकमै रोएकी छन् । आफूले ‘छोराको लाससँग सांसद पद साटेको’ भन्ने दुर्गा प्रसाईंको आरोप सम्झिँदै उनी भावुक भएकी हुन् ।

ncell

संसद्मा बोल्दै खतिवडाले जेन–जी आन्दोलनका शहीदहरूको बलिदान खेर जान नदिन आफू सांसद बनेको बताइन् । प्रधानमन्त्रीको आग्रहमा आफू संसद्मा आएको उल्लेख गर्दै उनले सरकारलाई गलत बाटोमा जान नदिन खबरदारी गर्नु आफ्नो उद्देश्य रहेको बताइन् ।

‘जुन दिन जेनजी आन्दोलनका शहीदहरूले पूर्ण न्याय पाउँछन्, त्यस दिन यो पदबाट राजीनामा दिन मलाई एक सेकेन्ड पनि हिचकिचाहट हुने छैन,’ उनले भनिन् ।

आफ्नो छोराको मृत्युको पीडामाथि राजनीतिक आक्रमण गरिएको भन्दै उनले आरोप लगाउनुअघि संवेदनशील हुन आग्रह गरिन् । ‘आज पनि कसैले मेरो छोरा जिउँदो ल्याएर मेरो काखमा राखिदिन्छ भने म अहिले नै सांसद पद त्याग्न तयार छु,’ उनले भावुक हुँदै भनिन् ।

आफू मेडिकल माफिया बन्न नभई शहीदका परिवार र जेनजी आन्दोलनका मागको प्रतिनिधित्व गर्न संसद्मा आएको उनको भनाइ थियो ।

ताजा खबर

सम्बन्धित खबर