२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

जनताले देशको चाबी श्रम संस्कृति पार्टीलाई हस्तान्तरण गर्नेछन् : किराती

Nada
२०८३ असोज ४ गते १८:५९
Shares
जनताले देशको चाबी श्रम संस्कृति पार्टीलाई हस्तान्तरण गर्नेछन् : किराती

झापा : श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले आगामी दिनमा जनताले आफ्नो पार्टीलाई देशको पहिलो पार्टी बनाउने विश्वास व्यक्त गरेका छन् ।

ncell

झापाको केचना कवलमा आयोजित ‘केचना कवलदेखि सगरमाथासम्म हातेमालो अभियान’को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै किरातीले जनताले देशको नेतृत्वको ‘चाबी’ श्रम संस्कृति पार्टीलाई हस्तान्तरण गर्ने बताएका हुन् ।

किरातीले भने, ‘श्रम संस्कृतिलाई आउने दिनमा जनताले देशको प्रथम पार्टी बनाइदिनेछ अर्थात् चाबी हाम्रो पार्टीलाई हस्तान्तरण गर्ने विश्वास छ ।’

उनले प्रतीकात्मक रूपमा केचना कवलजस्तै होचो अवस्थामा राखिएको दलित समुदायप्रति विगतमा भएको विभेदका लागि क्षमा माग्दै उनीहरूको सम्मान र सहभागिता सुनिश्चित गर्ने धारणा पनि व्यक्त गरे । दलित समुदायबाट राष्ट्रपति बनाउने प्रतिबद्धता व्यक्त गर्दै उनले यसलाई क्षतिपूर्तिको स्वरूपका रूपमा व्याख्या गरे ।

नेपालमा दलित समुदायमाथि भएको विभेदले मुलुकको आर्थिक तथा सामाजिक विकासमा असर पारेको किरातीको दाबी छ । सीप र ज्ञान भएका समुदायलाई लामो समयसम्म विभेद गरिएकै कारण देश पछाडि परेको उनको भनाइ थियो ।

‘अब श्रमको सम्मान हामी गर्छौं’, किरातीले भने ।

कार्यक्रमसँगै किरातीले केचना कवलदेखि सगरमाथासम्मको ‘हातेमालो अभियान’समेत सुरु गरेका छन् । अभियानको उद्देश्य श्रम, सामाजिक समानता र विभिन्न समुदायबीचको सहकार्यलाई जोड दिने रहेको बताइएको छ ।

ताजा खबर

सम्बन्धित खबर