
काठमाडौं : डा शशांक कोइराला संयोजक रहेको नेपाली कांग्रेसको १५औं महाधिवेशन आयोजक समितिलको ओखलढुंगा जिल्ला संयोजक बालगोविन्द राजभण्डारी भएका छन् ।
नेपाली कांग्रेसका पूराना नेता राजभण्डारीलाई संयोजक डा कोइरालाले आज १५औं महाधिवेशन गर्नका लागि संयोजकको जिम्मेवारी दिएका हुन् । केन्द्रीय प्रतिनिधि गोमा केसीको सिफारिसमा डा कोइरालाले संयोजकको जिम्मेवारी दिएका हुन् । राजभण्डारी नेपाली कांग्रेसको संगठन निर्माणमा ठुलो योगदान पुर्याएपनि अहिलेसम्म कुनै अवसर नपाएका नेतामा पर्दछन् ।
विशेष महाधिवेशनबाट बनेको गगन थापा नेतृत्वको कांग्रेसले महाधिवेशन अन्तर्गत वडा अधिवेशन सुरु गर्दा डा. कोइराला पक्षले पनि समान्तर महाधिवेशनको तयारी तीव्र पारेको हो ।
सोहीक्रम अन्तर्गत जिल्ला तथा प्रदेशमा अधिवेशन सम्पन्न गर्नेगरी नेताहरुलाई जिम्मा दिइएको छ । यो पक्षले मंसिर २१,२२ र २३ गते केन्द्रीय महाधिवेशन गर्ने गरि यही असोज १५ गते वडा अधिवेशनको तयारी गरेको छ ।