२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

प्रधानमन्त्री शाह र कांग्रेस नेताहरूबीच भेटवार्ता

Nada
२०८३ असोज ५ गते १५:४४
Shares
प्रधानमन्त्री शाह र कांग्रेस नेताहरूबीच भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले आज भेट गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरूले प्रधानमन्त्री शाहसँग भेटवार्ता गरेका हुन् ।

ncell

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्न जानुअघि आवश्यक छलफल तथा परामर्शका लागि प्रमुख प्रतिपक्षी दलका नेता तथा पार्टी पदाधिकारीलाई बोलाएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् ।

प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन भोलि मंगलबार अपराह्न संयुक्तराज्य अमेरिकातर्फ प्रस्थान गर्नेछन् ।

सम्बन्धित खबर