२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

पार्टी, संसद् र सरकारको सम्बन्ध बलियो बनाउनुपर्छ : रवि लामिछाने

Nada
२०८३ असोज ४ गते १६:००
Shares
पार्टी, संसद् र सरकारको सम्बन्ध बलियो बनाउनुपर्छ : रवि लामिछाने

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी, संसद् र सरकारबीचको सम्बन्धलाई थप सुदृढ बनाएर अघि बढ्नुपर्ने बताएका छन् ।

ncell

आइतबार बसेको रास्वपा सचिवालय बैठकमा लामिछानेले तीनवटै पक्षबीच समन्वय र सहकार्य आवश्यक रहेको धारणा राखेका हुन् ।

बैठकपछि पार्टी प्रवक्ता जगदीश खरेलले लामिछानेले पार्टी, संसद् र सरकारबीच अन्योन्याश्रित सम्बन्ध रहेकाले त्यसलाई बलियो बनाएर अघि बढ्न निर्देशन दिएको जानकारी दिए ।

उनका अनुसार बैठकमा पार्टीका नेता, सांसद तथा समर्थकको अनुशासनका विषयमा समेत सभापति लामिछानेले निर्देशनात्मक धारणा राखेका थिए ।

बैठकमा पार्टीको संगठनात्मक गतिविधि तथा पार्टी र राज्यका विभिन्न संरचनाबीचको सम्बन्धलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको जनाइएको छ ।

ताजा खबर

सम्बन्धित खबर