२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

बाढीपीडितको सहयोगार्थ इइएसएसबी सेक्युरिटी परिवारद्वारा ३ लाख रुपैयाँ सहयोग

Nada
२०८३ असोज ६ गते २१:३२
Shares
बाढीपीडितको सहयोगार्थ इइएसएसबी सेक्युरिटी परिवारद्वारा ३ लाख रुपैयाँ सहयोग

क्वालालम्पुर : नेपालमा हालै आएको बाढीबाट प्रभावित तथा पीडित परिवारको सहयोगका लागि मलेसियामा कार्यरत इइएसएसबी सेक्युरिटी परिवार तथा सुरक्षा कर्मचारीहरूले ३ लाख रुपैयाँ सहयोग गरेका छन् ।

ncell

बाढीपीडितलाई मानवीय राहत तथा क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले संकलित ३ लाख रुपैयाँ आज इइएसएसबी सेक्युरिटीका प्रतिनिधि तथा निर्देशक राम बोसको पहलमा नेपाल पठाइएको हो ।

सहयोग रकम नेपाल पठाइएको जानकारी क्वालालम्पुरस्थित नेपाली राजदूतावासका काउन्सेलर कृष्णप्रसाद भुसालमार्फत राजदूतावासलाई समेत गराइएको जनाइएको छ ।

सम्बन्धित खबर