
क्वालालम्पुर : मलेसियामा लामो समयदेखि होटल व्यवसाय गर्दै आएका तथा समाजसेवामा सक्रिय व्यवसायी नरेन्द्र श्रेष्ठले आफ्नी हजुरआमा जमुनादेवी श्रेष्ठको सम्झनामा रसुवाका बाढी प्रभावित परिवारलाई नगद सहयोग गरेका छन् ।
श्रेष्ठले हजुरआमाको आत्माको चिरशान्तिको कामना गर्दै रसुवामा आएको बाढीबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि २ लाख २२ हजार २ सय २२ रुपैयाँ प्रदान गरेका हुन् ।
फुटबल खेल तथा खेलाडीप्रति विशेष रुचि राख्दै आएका श्रेष्ठ एन पेनाङ एफसीका सञ्चालक समेत हुन् । मलेसियामा व्यवसायसँगै सामाजिक तथा खेलकुद क्षेत्रमा समेत सक्रिय रहँदै आएका श्रेष्ठले व्यक्तिगत रूपमा हजुरआमाको स्मृतिमा उक्त सहयोग गरेको बताए ।
श्रेष्ठले विपद्को कठिन समयमा प्रभावित परिवारलाई थोरै भए पनि राहत पुग्ने उद्देश्यले सहयोग गरेको बताएका छन् ।