२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

केरी इन्ग्रिडियन्सद्वारा मृतकका परिवारलाई करिब २५ लाख सहयोग

Nada
२०८१ भदौ ११ गते ०६:४५
Shares
केरी इन्ग्रिडियन्सद्वारा मृतकका परिवारलाई करिब २५ लाख सहयोग

काठमाडौं : आफ्नो कम्पनीमा कार्यरत रहेको अवस्थामा आत्महत्या गरेका एक नेपाली कामदारका आश्रित परिवारलाई मलेसियाको केरी इन्ग्रिडियन्स एसडीएन बिएचडीले करिब २५ लाख रुपैयाँ सहयोग पठाएको छ ।

ncell

मलेसियाको उपभोग्य सामग्री उत्पादक कम्पनी केरीको पेनाङ शाखामा कार्यरत रहेको अवस्थामा नवलपुर जिल्लाको कावासोतीका ३५ वर्षीय यमबहादुर रमाली मगरले गत मे २४ तारिकमा आत्महत्या गरेका थिए ।

सोमबार अल्फा सिग्मा ओभरसिज प्रा.लि.मा आयोजित संक्षिप्त कार्यक्रममा उक्त म्यानपावर कम्पनीका अध्यक्ष प्रवीन कुमार अग्रवालले स्वर्गीय रमाली मगरकी श्रीमती युमाया रिलामी मगरलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । मलेसिया कार्यस्थलमा हुने दुर्घटनाको क्षतिमा मात्रै बीमा कभरेज हुने भएपनि कम्पनीको विशेष पहलमा आत्महत्या गरेका मगरको आश्रित परिवारले सहयोग पाएको म्यानपावर कम्पनीले बताएको छ । 

उक्त कम्पनीमा एक हजार बढी नेपाली कामदार कार्यरत रहेकोे र उनीहरुलाई मनोसामाजिक परामर्श दिन डा. कमल गौतमलाई पठाइएको थियो । उनले पाँचदिने मनोचिकित्सा परामर्श प्रदान गरेका थिए ।

सहयोग हस्तान्तरण कार्यक्रम सञ्चालन गरेका नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वतृतीय उपाध्यक्ष एवम् गोल्डेन गेटवे इन्टरनेशनल प्रा.लि.का सञ्चालक मुक्तिनाथ अधिकारीले सहयोग रकमको सही सदुपयोग गरी आश्रित सन्तानको शिक्षादिक्षामा लगानी गर्न आग्रह गरे ।

ताजा खबर

सम्बन्धित खबर