२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

एनआरएनए अमेरिकाले बनायो ‘नागरिकता आयोग’

Nada
२०८१ भदौ ८ गते १४:००
Shares
एनआरएनए अमेरिकाले बनायो ‘नागरिकता आयोग’

अमेरिका :  गैरआवासीय नेपाली संघ अमेरिकाले नागरिकता आयोग २०२४ गठन गरेको छ । गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयनको पक्षमा पैरवी गर्न संघका अध्यक्ष डा अर्जुन बञ्जाडेको अध्यक्षतामा नागरिकता आयोग गरिएको प्रवक्ता राजन पन्तले बताए । 

ncell

गैरआवासीय नेपाली संघ अमेरिकाद्वारा गठन गरिएको नागरिकता आयोगका सदस्यमा क्रमशः डा अम्बिका अधिकारी, पूर्ण अधिकारी, डा रुद्र अर्याल, दिक्षा बस्नेत, हरिबोल भण्डारी, आनन्द विष्ट, खगेन्द्र जीसी, रतन झा, गौरीराज जोशी, डा श्याम कार्की, प्रल्हाद केसी, तिलक केसी, डा विष्णुमाया परियार, डा दामोदर पौडेल, डा केशव पौडेल, डा आमोद पोखरेल, शिव राई, सुनील साह, डा पुरु श्रेष्ठ, प्रेमकुमार श्रेष्ठ, तारा सिग्देल, बुद्धी सुवेदी, मोहन थापा, सञ्जय थापा, रविना थापा, सुमन तिम्सिना तथा सदस्य सचिवमा गोपेन्द्र भट्टराई रहेको संघले जनाएको छ । 

नेपाल सरकारले गैरआवासीय नेपाली नागरिकता दिने व्यवस्था गरे पनि आवश्यक ऐन कानून निर्माण नगर्दा गैरआवासीय नेपालीहरुले नेपाल सरकारका सेवा लिनका लागि निकै झन्झट व्यहोर्नुपरिरहेको छ । गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन र आवश्यक ऐन कानुन निर्माणका लागि रचनात्मक दबाव र वकालत गर्न आवश्यक देखिएकाले नागरिकता आयोग गठन गरिएको प्रवक्ता पन्तद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्दै गैरआवासीय नेपालीहरुले विगत लामो समयदेखि नेपाली नागरिकताको निरन्तरता खोजिरहेका छन् । लामो समयदेखिको दबाबका कारण नेपालको संविधानमा गैरआवासीय नेपाली नागरिकताको व्यवस्था भए पनि आवश्यक ऐन कानुन निर्माण हुन नसक्दा गैरआवासीय नेपाली नागरिकता पूर्णरुपमा कार्यान्वयनमा आउन सकिरहेको छैन ।

एनआरएनए गैरआवासीय नेपालीहरुको प्रतिनिधिमूलक संस्था भएकाले गैरआवासीय नेपाली नागरिकताका लागि पूर्ण कार्यान्वयनको पक्षमा वकालत गर्ने निर्णय गरिएको गैरआवासीय नेपाली संघ अमेरिकाका अध्यक्ष डा बञ्जाडेले बताए । 

ताजा खबर

सम्बन्धित खबर