२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

गृहमन्त्रीद्वारा बाढी प्रभावितको राहत तथा पुनर्स्थापनका लागि निजी क्षेत्रसँग सहकार्य

Nada
२०८३ भदौ १० गते २०:२१
Shares
गृहमन्त्रीद्वारा बाढी प्रभावितको राहत तथा पुनर्स्थापनका लागि निजी क्षेत्रसँग सहकार्य

काठमाडौं : गृहमन्त्री सुधन गुरुङले रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि निजी क्षेत्रसँग सहकार्य अघि बढाएका छन् ।

ncell

गृहमन्त्रीले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल बैंकर्स संघ तथा नेपाल निर्माण व्यवसायी महासंघका नेतृत्वसँग छलफल गर्दै विपद्को घडीमा सरकारसँग हातेमालो गर्न आग्रह गरेका छन् ।

बाढी प्रभावित क्षेत्रमा तत्काल आवश्यक खाद्यान्न, औषधि, लत्ताकपडा, अस्थायी आवास तथा अन्य राहत सामग्री उपलब्ध गराउन निजी क्षेत्रलाई सहयोगका लागि आह्वान गरिएको छ ।

गृहमन्त्रीले विपद् व्यवस्थापन सरकारको मात्र जिम्मेवारी नभई सरकार, निजी क्षेत्र र नागरिक समाजको साझा दायित्व भएको उल्लेख गर्दै रसुवाका प्रभावित परिवारलाई छिटोभन्दा छिटो सहयोग पुर्‍याउन सबै पक्ष एकजुट हुनुपर्ने बताएका छन् ।

सम्बन्धित खबर