२०८३ असोज २६ गते सोमवार / Oct 12 , 2026 , Monday
२०८३ असोज २६ गते सोमवार

एनसेल र सामसङबीच सहकार्य, विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्मको छुट

Nada
२०८३ असोज २६ गते २०:१०
Shares
एनसेल र सामसङबीच सहकार्य, विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्मको छुट

काठमाडौं : एनसेलले सामसङ नेपालसँग सहकार्य गर्दै आफ्ना ग्राहकलाई सामसङका घरायसी विद्युतीय उपकरणमा विशेष छुटको सुविधा उपलब्ध गराउने भएको छ । यसअन्तर्गत टेलिभिजन, फ्रिज तथा वासिङ मेसिनलगायत उपकरणको खरिदमा ग्राहकले अब अतिरिक्त छुटसमेत पाउँछन् ।

ncell

चाडपर्वको रौनक छाइरहेका बेलामा एनसेलका ग्राहकले सामसङले चाडपर्वका अवसर पारेर उपलब्ध गराउँदै आएको छुटमा थप १२ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्छन् । यसबाट ग्राहकले अब कुल ३१ प्रतिशतसम्म आफ्नो खर्च बचत गर्न सक्नेछन् । ग्राहकले प्राप्त गर्ने अतिरिक्त छुट ५ प्रतिशत, ८ प्रतिशत वा १२ प्रतिशत उनीहरूले लिएको प्याक वा रेन्टल प्याकमा निर्भर हुन्छ । एनसेलका प्रोडक्ट डाइरेक्टर ललित शारदा र सामसङ नेपालका प्रबन्ध निर्देशक चाङ उक जङको उपस्थितिमा उक्त सहकार्यलाई औपचारिक रूप दिइएको छ ।

यस सहकार्यले ग्राहकलाई थप लाभ प्रदान गर्ने र सेवा अनुभवलाई अझ उत्कृष्ट बनाउने दुवै कम्पनीहरूले साझा प्रतिबद्धतालाई प्रतिविम्बित गरेको छ । यो अफर कात्तिक ३० सम्म लागू हुनेछ । ग्राहकले एनसेल एपको ‘पार्टनर्ड सर्भिसेज’ सेक्सनमा गएर आफ्नो योग्यता जाँच गरी नेपालभरिका सहभागी सामसङका आधिकारिक बिक्री केन्द्रहरूमा गई यो सुविधा लिन सक्नेछन् । ‘एनसेलमा हामीले सधैं कनेक्टिभिटी सेवामा मात्र सीमित नभई ग्राहकलाई थप मूल्य र लाभ प्रदान गर्ने लक्ष्य राख्दै आएका छौं ।

यसै प्रतिबद्धतालाई निरन्तरता दिँदै यस चाडपर्वको अवसरमा सामसङसँग सहकार्य गर्न पाउँदा हामी हर्षित छौं । यस सहकार्यबाट हाम्रा ग्राहकले विश्वासिलो ब्रान्डका घरायसी विद्युतीय उपकरण खरिद गर्दा अतिरिक्त छुटको लाभ लिन सक्छन् । यसले चाडपर्वको खुसीलाई अझ बढाउनुका साथै ग्राहकलाई खुसी साट्दै चाडपर्व मनाउन थप उत्साह प्रदान गर्ने विश्वास लिएका छौं,’ एनसेलका प्रोडक्ट डाइरेक्टर ललित शारदाले भने ।

यो अतिरिक्त छुट प्राप्त गर्न योग्य ग्राहकले एनसेल एपको ‘पार्टनर्ड सर्भिसेज’ सेक्सनमा गई आफ्नो योग्यता जाँच गर्नुपर्नेछ । त्यसपश्चात्, नेपालभरिका रहेका कुनै पनि सामसङका आधिकारिक बिक्री केन्द्रमध्ये आफूलाई पायक पर्ने केन्द्रमा गई छुट लिन सकिन्छ ।

ताजा खबर

सम्बन्धित खबर