२०८३ असोज २३ गते शुक्रवार / Oct 09 , 2026 , Friday
२०८३ असोज २३ गते शुक्रवार

धोबीनी गाउँपालिकाको ३१ करोड बढीको बजेट सर्वसम्मत पारित

Nada
लालबाबु बानिया
२०८३ असोज २३ गते २०:०८
Shares
धोबीनी गाउँपालिकाको ३१ करोड बढीको बजेट सर्वसम्मत पारित

पर्सा : पर्साको धोबीनी गाउँपालिकाको १३औं गाउँसभा सम्पन्न भएको छ। गाउँसभाले चालु आर्थिक वर्ष २०८३/०८४ का लागि ३१ करोड ७ लाख ९७ हजार रुपैयाँ बराबरको बजेट सर्वसम्मत रूपमा पारित गरेको छ ।

ncell

धोबीनी गाउँपालिकाको सभा हलमा आयोजित गाउँसभाको उद्घाटन गाउँपालिका अध्यक्ष मदनप्रसाद चौहानले दीप प्रज्वलन गरेर गरेका थिए ।

गाउँसभामा उपाध्यक्ष मञ्जुदेवी पटेलको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत सञ्जीवकुमार यादवले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका थिए । गाउँसभाबाट पाँचवटै वडाको विकास बजेटसमेत सर्वसम्मत रूपमा पारित गरिएको छ ।

गाउँसभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष चौहानले स्वास्थ्य, शिक्षा, कृषि तथा भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।

उनले राजनीतिक समस्याका कारण गाउँसभा सञ्चालनमा ढिलाइ भएको उल्लेख गर्दै ‘गाउँसभा ढिलो आए पनि दुरुस्त आएको’ बताए। गाउँसभा ढिलो हुँदा विकास निर्माणका काम तथा सर्वसाधारणको दैनिक कामकाजमा समेत असर परेको उनको भनाइ थियो । 

गाउँसभा सम्पन्न भएसँगै विकास निर्माणका कामलाई तीव्रता दिने र जनताका कामलाई छिटोछरितो तथा प्रभावकारी बनाउने प्रतिबद्धता अध्यक्ष चौहानले व्यक्त गरे ।

प्रमुख प्रशासकीय अधिकृत सञ्जीवकुमार यादवले आफूले सक्दो इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्ने बताए । उनले आगामी दिनमा गाउँपालिकालाई स्वच्छ, समृद्ध र नमुना स्थानीय तहका रूपमा विकास गर्न प्रतिबद्ध रहेको उल्लेख गरे ।

गाउँपालिका अध्यक्ष मदनप्रसाद चौहानको अध्यक्षतामा सम्पन्न गाउँसभामा उपाध्यक्ष मञ्जुदेवी कुर्मी, वडाध्यक्षहरू अबास मियाँ, देवेन्द्र पटेल, राजकिशोर पटेल, मनाउर मियाँ र बन्धु साह तेलीलगायतको उपस्थिति थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा समाजसेवी श्यामकिशोर पटेल, कार्यपालिका सदस्य दिनेशप्रसाद कलवार, गाउँसभा सदस्य, महिला सदस्य, लेखापाल सोनुकुमार सोनी, शिक्षा शाखा प्रमुख जितेन्द्र चौहान, इन्जिनियर रविभूषण पटेल, योजना शाखा प्रमुख पप्पु पटेल, जिन्सी शाखा प्रमुख प्रदीप पटेल, प्रशासन शाखा प्रमुख प्रदीप गुप्ता, स्वास्थ्य शाखा प्रमुख काबिन्द्र यादव, महिला तथा बालबालिका शाखा प्रमुख सञ्जय यादव, कृषि शाखा प्रमुख रविन्द्र शर्मा र रोजगार शाखा प्रमुख दिलिपकुमार पटेलको सहभागिता थियो । त्यसैगरी कार्यक्रममा पत्रकार तथा सुरक्षाकर्मीलगायतको उपस्थिति रहेको थियो। कार्यक्रम  सञ्चालन शिक्षा शाखा प्रमुख जितेन्द्रप्रसाद चौहानले गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर