
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी अध्यादेश जारी गरेका छन् ।
सरकारले राष्ट्रपतिसमक्ष तीन वटा अध्यादेश जारी गर्नका लागि सिफारिस गरेको थियो । राष्ट्रपति पौडेलले त्यसमध्ये विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीले जानकारी दिए ।
सरकारले विपद्मा परी बेपत्ता भएका व्यक्तिहरूको एकमुष्ट मृत्युको घोषणा गर्न सक्ने गरी अध्यादेश ल्याएको हो ।
अहिले १२ वर्ष बेपत्ता भएका व्यक्तिलाई मृतक घोषणा गर्न सकिने व्यवस्था छ । अध्यादेशमा भने यस अवधिलाई छोट्याएर विपद्को सन्दर्भमा ४५ दिनमै मृत घोषणा गर्न सकिने विषय समावेश गरिएको छ ।