२०८३ असोज २३ गते शुक्रवार / Oct 09 , 2026 , Friday
२०८३ असोज २३ गते शुक्रवार

सरकारको निर्णय : बिटौरी जग्गा दर्ताका लागि समिति गठन, एसियाली खेलकुदका पदक विजेतालाई नगद पुरस्कार

Nada
२०८३ असोज २३ गते १६:३१
Shares
सरकारको निर्णय : बिटौरी जग्गा दर्ताका लागि समिति गठन, एसियाली खेलकुदका पदक विजेतालाई नगद पुरस्कार

काठमाडौं : सरकारले बिटौरी जग्गामा बसोवास गर्दै आएका नागरिकहरूको हक सुरक्षित गर्न समिति गठन गर्ने निर्णय गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

ncell

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाकाअनुसार सरकारले लामो समयदेखि बिटौरी जग्गामा बसोवास गर्दै आएका व्यक्तिहरूको नाममा जग्गा दर्ता गर्ने प्रक्रियालाई सहज बनाउन ‘बिटौरी जग्गामा बसोवास गरी आएका व्यक्तिहरूको नाममा जग्गा दर्ता गर्ने सम्बन्धी समिति गठन आदेश, २०८३’ स्वीकृत गरेको छ ।

आर्थिक क्षेत्रमा सरकारले नेपालको भूकम्पीय जोखिम व्यवस्थापनका लागि विश्व बैंकसँग सम्झौता अघि बढाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले ‘नेपाल अर्थक्वेक क्याटास्ट्रोफ वन’ सम्बन्धी म्यान्डेट एग्रीमेन्टमा हस्ताक्षर गर्न अर्थ मन्त्रालयलाई स्वीकृति दिएको छ ।

खेलकुद क्षेत्रको प्रोत्साहनका लागि सरकारले जापानको आइची नागोयामा सम्पन्न २०औं एसियाली खेलकुदमा पदक प्राप्त गर्ने महिला कबड्डी र कराते खेलका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । यसले राष्ट्रिय गौरव बढाउने खेलाडीहरूको मनोबल उच्च राख्ने अपेक्षा गरिएको छ । 

प्रशासनिक क्षेत्रमा नेपाल न्याय सेवा, सरकारी वकिल समूहका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरिएको छ । बढुवासँगै उनलाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा पदस्थापन गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर