२०८३ असोज २६ गते सोमवार / Oct 12 , 2026 , Monday
२०८३ असोज २६ गते सोमवार

पुराना दलका सबै नेताहरू भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ : राजेन्द्र पाण्डे

Nada
२०८३ असोज २६ गते १८:४५
Shares
पुराना दलका सबै नेताहरू भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ : राजेन्द्र पाण्डे

काठमाडौँ : नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्र पाण्डेले पुराना राजनीतिक दलका सबै नेताहरू भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् । 

ncell

सोमवार काठमाडौँमा महेन्द्रप्रकाश शिवाकोटीद्वारा लिखित ‘देश विकासको प्रश्तावना’ र ‘राजनीतिक चेतना’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो आपत्ति जनाएका हुन् । सबै पुराना नेता तथा राजनीतिक दलका कार्यकर्ता गलत थिए भन्ने भाष्य निर्माण गर्नु उचित नभएको बताए । उनले २०४८ सालदेखि २०७९ सालसम्म लगातार सांसद रहेको उल्लेख गर्दै पूर्व मुख्यमन्त्री पाण्डेले आफू भ्रष्टाचारजन्य गतिविधिमा संलग्न नभएको दाबी गरे ।

उनले पुराना राजनीतिक दलमा रहँदा खराब र राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेपछि असल ठहर गर्ने प्रवृत्तिमाथि समेत प्रश्न उठाए । उनले रास्वपाका उपसभापति तथा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको उदाहरण दिँदै नेपाली  काँग्रेसमा रहँदा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बन्दा खराब र रास्वपामा आएपछि असल भन्न मिल्छ? भन्दै प्रश्न गरे । उनले विगत ३५ वर्षको शासनकालमा मुलुकमा केही भएन भनी निर्माण गरिएको भाष्य समेत गलत र तथ्यहीन भएको बताए । 

उनले भने, ‘हिजोका सबै नेताहरू भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्ने कुरा पनि बन्द गरे हुन्छ । म २०४८ सालदेखि २०७९ सालसम्म लगातारको सांसद हुँ । खै त हामी त त्यस्ता खालका भ्रष्टाचारका गतिविधिमा कहिल्यै सामेल भएनौँ त ? यदि सामेल भएको भए अरूलाई लागेको हत्कडी राजेन्द्र पाण्डेलाई पनि लाग्नुपर्थ्यो होला नि त । त्यसो हुनाले यो सबै नेताहरू भ्रष्टाचारी हुन्, पार्टीका सबै मान्छेहरू गलत थिए भन्ने भाष्य पनि निर्माण नगरौँ । हिजो यिनै पुराना पार्टीका थुप्रै नेता कार्यकर्ता साथीहरू अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्री तथा सांसद समेत बनेका होलान् । त्यसो भएको हुनाले हिजो दिनमा सबै खतमभन्दा डा. स्वर्णिम वाग्ले हिजो काँग्रेसमा भएर राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुँदा खराब अनि रास्वपामा पुगेपछि असल ? त्यसो हुनाले यस्ता कुराहरुले पनि गर्न सक्छन् । सूचना अरूसँग पनि छ भन्ने कुरा नबिर्सौँ ?’

उनले मलुक सबै क्षेत्रमा सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत जस्ता आधारभूत आवश्यकता विगत ३५ वर्षभित्रै पुरा भएको तथ्य नबिर्सन पाण्डेको चेतावनी छ ।  

ताजा खबर

सम्बन्धित खबर