२०८३ असोज २५ गते आइतवार / Oct 11 , 2026 , Sunday
२०८३ असोज २५ गते आइतवार

कांग्रेसको उपसभापतिमा चन्द्र भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता

Nada
२०८३ असोज २५ गते ०८:३३
Shares
कांग्रेसको उपसभापतिमा चन्द्र भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि भइरहेको मतगणनामा केन्द्रीय उपसभापति (खुला) तर्फ डा. चन्द्रकान्त भण्डारी र महामन्त्री (खुला) तर्फ प्रदीप पौडेलले अग्रता कायम गरेका छन् ।

ncell

प्राप्त पछिल्लो मतगणना विवरणअनुसार उपसभापति (खुला) तर्फ डा. भण्डारीले ६२३ मत प्राप्त गरेका छन् । त्यस्तै  ई. मधु आचार्यले ३४३ मत पाएका छन् । त्यस्तै, गोविन्द भट्टराईले २९१, सुरेन्द्रराज पाण्डेले २८९, दीपक गिरीले २४२, धनराज गुरुङले २११ र प्रा.डा. चन्द्रमोहन यादवले १२६ मत प्राप्त गरेका छन् ।

उपसभापति (समावेशी) तर्फ विनोदकुमार चौधरी ३४७ मतसहित अगाडि छन् । जीवन परियारले २८७ मत प्राप्त गरेका छन् भने फरमुल्लाह मंसुरले १६४, सीता गुरुङले १५१ र रंजीत कर्णले ९८ मत पाएका छन् ।

महामन्त्रीमा प्रदीप पौडेल अगाडि

केन्द्रीय महामन्त्री (खुला) तर्फ प्रदीप पौडेलले ६८८ मत प्राप्त गर्दै अग्रता लिएका छन् । अमरसिंह पुन मगरले ४४३ मत प्राप्त गरेका छन् । त्यस्तै, उदयशम्शेर राणाले ३८८, डा. सुनिलकुमार शर्माले ३००, गुरुराज घिमिरेले १६९ र नैनसिंह महरले १२९ मत पाएका छन् ।

यसैगरी, शंकर तिवारीले १९ र डा. सन्तोष उपाध्यायले १७ मत प्राप्त गरेका छन् । पछिल्लो मतगणनाअनुसार खुला महामन्त्री पदमा पौडेल अन्य प्रतिस्पर्धीभन्दा अगाडि देखिएका छन् ।

महामन्त्री (महिला) तर्फ डा. डिला संग्रौला (पन्त) ले ५२३ मत प्राप्त गर्दै अग्रता कायम गरेकी छन् ।  महालक्ष्मी उपाध्याय (डिना) ले ४८४ मत प्राप्त गरेकी छन् भने रीता खनालले १३९ मत पाएकी छन् ।
 

सम्बन्धित खबर