२०८३ असोज २५ गते आइतवार / Oct 11 , 2026 , Sunday
२०८३ असोज २५ गते आइतवार

बुढीगण्डकीले न्याकफेदीका होटलहरूसहित  बगायो २ झोलुंगे पुल

Nada
२०८३ असोज २५ गते ०८:२३
Shares
बुढीगण्डकीले न्याकफेदीका होटलहरूसहित  बगायो २ झोलुंगे पुल

काठमाडौँ :  गोरखाको चुमनुब्री गाउँपालिकाको वडा नम्बर–६ स्थित लोक्पा र चुम्लिङको बिचमा पहिरोले थुनिएपछि बुढिगण्डकीमा बहाव बढेको प्रहरीले जनाएको छ । आइतबार बिहान साढे ५ बजेतिर ठुलो पहिरो खसेर नदी थुनिएको खबर स्थानीय होटल सञ्चालकहरूले गरेका थिए ।

ncell

पहिरोले बुढीगण्डकी थुनिएको खबर पाउनासाथ तटीय क्षेत्रका मानिसहरूलाई त्यहाँबाट हटाउन प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका इन्स्पेक्टर आकाश कँडेलले बताए ।

पानीले गेग्रान बगाउन थालेपछि तल्लो भागमा बहाव बढेको छ । बुढीण्डकीको बाढीका कारण चुमनुब्री र धार्चे गाउँपालिकामा दुई वटा पुल र बजारमा क्षति पुगेको छ । चुमनुब्री–३ स्थित न्याक्चेत र सिर्दिबास बजार जोड्ने झोलंगे पुल बाढीले बगाएको इन्स्पेक्टर कँडेलले बताए । धार्चे गाउँपालिकामा रहेको मासीखोलाको पुल पनि बगाएको छ ।

बाढीले चुमनुब्री स्थित न्याकफेदीका होटलहरू बगाएको छ । चुमनुब्रीकै घट्टेखोलामा सञ्चालित होटलहरूमा बाढी पसेको छ  ।

धार्चे गाउँपालिकाको वडा नम्बर–३ स्थित सल्लेरीमा घरहरू बढाएको खबर आएको र त्यहाँ प्रहरी परिचालन गरिएको इन्स्पेक्टर कँडेलले जानकारी दिए । प्रभावित क्षेत्रमा अहिले हेलिकोप्टरबाट रेकी सुरु गरिएको छ । 

सम्बन्धित खबर